एमाले अध्यक्ष झलनाथ खनालको राष्ट्रिय सहमतिबारे केन्दि्रत ‘राष्ट्रिय एकता र सहमति, राष्ट्रको अपरिहार्य आवश्यकता’ नामक पुस्तक सार्वजनिक

काठमाडौ – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिबारे केन्दि्रत ‘राष्ट्रिय एकता र सहमति, राष्ट्रको अपरिहार्य आवश्यकता’ नामक पुस्तक शुक्रबार सार्वजनिक भएको छ ।

ब्रोडसिट दैनिकका चार जना सम्पादकहरूले खनालको पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा शान्तिपूर्ण राजनीति, राज्यको पुनर्संरचना, संक्रमणकालका कार्यभारलगायत विषयमा खनालका विचारहरू समेटिएका छन् ।

 

पुस्तकको आधा भागमा खनालका राजनीतिक सैद्घान्तिक विचारहरू छन् भने बाँकीमा विभिन्न समयमा राजनीतिक दलहरूबीच भएको ऐतिहासिक सहमति र पार्टीका राजनीति दस्तावेज छन् । राजनीतिक दलहरूबीच भएको ऐतिहासिक पत्राचारलाई पनि संग्रहमा राखिएको छ ।

 

अध्यक्ष खनालले नेताहरूले अध्ययन, अनुसन्धान र अन्वेषण नगरी नेतृत्व गर्न सकिँदैन भन्ने आफ्नो मान्यता रहेको र त्यसकै प्रयास स्वरूप पुस्तक प्रकाशनलाई निरन्तरता दिएको बताए । उनको यो दसौं पुस्तक हो ।

 

पुस्तकमा आफूले राष्ट्रिय सहमति कुनै कालखण्डका लागि मात्र नभई सधंैका लागि आवश्यक पर्ने कुरालाई जोड दिएको खनालले बताए ।