भारत उत्तर प्रदेश राज्यमा तल्लो जातको बच्चाको नाम माथिल्लो जातको बच्चाको जस्तो राखेको भन्दै दलित बच्चाको हत्या


 


Neeraj Kumar who was killed for not changing his name. Photo: Satish Srivastava
भारत उत्तर प्रदेश राज्यको राधौपुर गाउँमा तल्लो जातको बच्चाको नाम माथिल्लो जातको बच्चाको जस्तो राखेको भन्दै एक दलित बच्चाको हत्या गरिएको छ । प्रहरीका अनुसार मारिएका १४ वर्षिय निरजकुमारका बुबा राम सुमेरलाई उनका दुई छोराको नाम बदल्न गाउँका माथिल्लो जातका जवाहार चौधरीले बारम्बार धम्की दिएका थिए । जवाहार चौधरी र राम सुमेर दुवैको छोराको नाम निरज र धीरज थियो । तर सुमेरले चौधरीको धम्कीको बेवास्ता गर्दै आएका थिए ।

मृतक निरजको शव घाँटी रेटिएको अवस्थामा गाउँकै खेतमा फेला परेको थियो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा जवाहर चौधरीको परिवारका दुई जनालाई पक्रेको छ । प्रहरीले चौधरी र राम सुमेरको परिवारबीच छोराहरुको नामको विषयमा लामो समयदेखि विवाद चल्दै आएको जनाएको छ । चौधरीले भने हत्यामा आफ्नो परिवारको कुनै संलग्नता नरहेको दाबी गरेका छन् । भारतमा जातीय आधारमा विभेद गर्नु कानुनी रुपमा दण्डनीय मानिए पनि व्यवहारमा जातीय विभेद कायमै छ ।