अष्ट्रेलियामा सत्तारुढ लेबर पार्टीले समलिंगी विवाहलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीको राष्ट्रिय सम्मेलनले व्यापक बहसपछि समलिंगी विवाहको पक्षमा मत जाहेर गर्ने निर्णय गरेको हो । तर आगामी वर्ष संसदमा पेश हुने विधेयकको पक्षमा मतदान गर्न वा नगर्न भने सांसदहरुलाई स्वतन्त्र छाडिएको छ ।
प्रधानमन्त्री जुलिया गिलार्ड देशको विवाह सम्बन्धी कानुनमा कुनै परिवर्तनको पक्षमा नरहेको बेला लेबर पार्टीले यो निर्णय गरेको हो । समलैगिंक सम्बन्धको पक्षमा रहेका अष्ट्रेलियाका वित्त मन्त्री पेनी र्वोङले लैगिंक समानताको पक्षमा लेबर पार्टीको निर्णय महत्वपूर्ण भएको टिप्पणी गुर्नभएको छ । अष्ट्रेलियामा हालसम्म समलैंगिक विवाह प्रतिबन्धित छ ।
समलैगिक विवाहको पक्षमा रहेकाहरुले लेबर पार्टीको परिवर्तित निर्णयलाई आफ्नो विजयको रुपमा लिएको जनाएका छन् । लेबर पार्टीको निर्णयको पक्ष र विपक्षमा राजधानी सिड्नीमा प्रदर्शन भइरहेको छ ।