काठमाडौं – राष्ट्रगानका रचनाकार व्याकुल माइलाको दोस्रो गीति एल्बम ‘छालभित्रको प्रतिबिम्ब’ सार्वजनिक भएको छ । संस्कृतिविद् सत्यमोहन जोशीले शनिबार एक समारोहबीच सार्वजनिक गरेका हुन् ।
विमोचित गजल एल्मबमा समेटिएका गीतबारे चर्चा गर्दै जोशीले शब्द बनोट जिवन्त र दार्शक पक्ष सवल रहेको बताए । युवा पुस्तामाझ गजल साहित्य रचनामा बाढी आएको उल्लेख गर्दै समालोचक डा. कृष्णहरि बरालले अर्धशास्त्रीय गजल विधा गायन तथा संगीतमा लोकप्रिय बन्दो अवस्थमा रहेको बताए । त्यसैगरी संगीतकार प्राज्ञ शान्तिराम राईले शास्त्रीय विधाले बजार पाउन नसकेको बताए ।
निष्ठा म्युजिक प्राविबाट र्सार्वजनिक गरिएको यस ‘छालभित्रको प्रतिबिम्ब’ एल्बममा ठाकुरप्रताप दुलालको एकल संगीत रहेको छ । दस गीतमध्ये ‘म आएँ या गएँ’ स्वरुपराज आचार्य र अञ्जु पन्तको द्वेध स्वर रहेको छ । सत्यराज आचार्य, नरेन्द्र प्यासी, धनबहादुर गोपाली, संगीता राना र अञ्जु पन्तले गाएका छन् । अन्य गीतको बोल ‘म त बेहोसी भएँ’, ‘माया मोह’, ‘फूलको कोमलता’, ‘उकाली बाटोमा’, ‘पहाड बनेर’, ‘वर्षा ऋतु आई’ र ‘शरदको जून राम्रो’ रहेका छन् । माइलाको यसअघि ‘उत्साह’ एल्बम (२०६६) बजारमा आइसकेको छ ।
सामाखुशीस्थित जेष्ट सहकारीले आफ्नो तेस्रो वाषिर्कोत्सवका अवसर पारेर एल्बम सार्वजनिक गरिएको समारोहमा संगीतकार ठाकुरप्रतापलगायतलाई सम्मान प्रदान गरिएको थियो ।