संघीयता कुनैपनि हालतमा स्वीस्कार हुन सक्दैन

यूएई डेस्क – सहयोगी –राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा राप्ती लुम्विनी इन्चार्ज बोम बहादुर खत्रीले संघीयता कुनैपनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् ।



राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँची द्वारा मंसिर १५ गते अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आयोजित संघीयता होइन प्रजातान्त्रिक विकेन्द्रीकरण तथा स्थानीय स्वायत्त शासनमा आधरित एकात्मक शासन प्रणाली विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता के.सी.ले उक्त कुरा बताएका हुन् ।



नेपालजस्तो विविधतायुक्त र बहुजातिय तथा बहुसाँस्कृतिक मुलुकले कुनैपनि खालको संघीयता थेग्न नसक्ने बताउदै नेता के.सी.ले संघीयताको खारेजीमा जोड दिए । उनले जवरजस्त रुपमा नेपाललाई संघीयतामा ढालिए नेपालको अस्तित्व समाप्त हुने चेतावनी समेत दिए ।



कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर के.सी.ले संघीयताको खारेजीको लागि सवै एक हुनुपर्ने बताए । उनले संघीयता खारेज नभएसम्म आफुहरुको आन्दोलन नरोकिने समेत स्पष्ट पारे ।



कार्यक्रममा मन्तव्य राख्अदै नेपाली जनता दलका केन्द्रीय सदस्य हर्रि्रसाद भुसालले अहिले भनियजस्तो जातिय संघीयतले देशलाई खण्ड खण्ड पार्ने भएकाले संघीयता विरोधी आन्दोलनमा आफनो पार्टीको  ऐक्यवद्धता रहेको उल्लेख गरे । 



“संघीयताका माध्यमबाट नेपाललार्य खण्डित गरी आफुमा समाहित गर्ने गुरुयोजनाका साथ भारतीय विस्तारबाद अग्रसर भएको” भन्दै भुसालले संघीयता विरोधी आन्दोलनमा सवैलाई समेटेर अगाडी वढ्न आग्रह गरे । कार्यक्रममा मतव्य राख्दै उपभोक्ता हित संरक्षण मञ्च अर्घाखाँचीका अध्यक्ष मोती खनाल एवं वरिष्ठ अधिवक्ता जनार्दन भुसालले संघीयतामा जाने निर्णय हतारमा गरिएको भन्दै निर्णय सच्याउन राजनीतिक दलहरुलाई आग्रह गरे । 



कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, नेकपा एमालेका जिल्ला सचितवालय सदस्य राम बहादुर चौहान, प्राध्यापक बुद्धी भुसाल, पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी लगायतका बक्ताहरुले भने संघीयताको सुनिश्चिततामा जोड दिएका थिए । 



कार्यक्रमको शुरुमै राजमो केन्द्रीय कार्यालयबाट प्रस्तुत अबधारण पत्र केन्द्रीय सदस्य सागर के.सी.ले छलफलका लागि बाचन गरेर सुनाएका थिए ।



कार्यक्रम राष्ट्रिय जनमोर्चाका केन्द्रीय वैकल्पिक सदस्य एवं अर्घाखाँची जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षता र जिल्ला सचिव थम्मन के.सी.को सञ्चालनमा सम्पन्न भएको थियो । 







Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.