एकात्मक शासन व्यवस्था असफल भएका कारण संघीयता

यूएई डेस्क – सहयोगी – देशमा एकात्मक शासन प्रणाली असफल भइसकेको भन्दै मुलुकको र्सवाङ्गिण विकासको लागि संघीयतामा जानुपर्ने आवश्यकता रहेको अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आयोजित कार्यक्रमका सहभागिहरुले निष्कर्ष निकालेका छन् ।



अथार मगरात मगर प्रतिष्ठानको आयोजनामा भएको “बहिष्करणमा पारीएका समुदायको संवैधानिक मुद्धालाई संवोधन नगरिएको खण्डमा सृजना हुनसक्ने राजनीतिक अस्थिरता र सम्भावित द्धन्द्ध” विषयक एक दिने क्षेत्रीय कार्यशालामा सहभागिहरुले नयाँ वन्ने सम्विधानमा बहिष्करणमा पारीएका समुदायका सम्वैधानिक मुद्दाहरुलाई समेट्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले संघयिताले देश टुक्रने नभइ थप मजवुत हुने उल्लेख गरेका थिए । 



अथार मगराँत मगर प्रतिष्ठानका क्षेत्रीय अध्यक्ष कमला थापा मगरको अध्यक्षता र अथार मगराँत मगर प्रतिष्ठानका केन्द्रीय सदस्य नेत्र थापा मगरको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा प्राध्यापक बालकृष्ण माङसुहाङले संघीयता र बहिष्करणमा पारिएका समुदायहरुको अधिकार सुनिश्चितता कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए । 



कार्यक्रममा एकीकृत नेकपा माओवादीका बाबुराम सुनार, एकीकृत क्रान्तिकारीकी केन्द्रीय सदस्य यमुना भुसाल, आदीवासी जनजाती महासंघका जिल्ला अध्यक्ष पृतम थापा मगर, नेवाः खलका जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठ, लगायतले संघीयताको अनिवार्यतामा जोड दिएका थिए । 



मन्तव्य राख्दै नेपाली जनता दलका हरि प्रसाद भुसालले भने जातिय रुपमा संघीयताको बहस गदै गर्दा राष्ट्रियताको सवाल छायामा परेको राष्ट्रियता गम्भिर मोडमा पुगेको भन्दै राष्ट्रियताको रक्षा गर्न सवै एक हुनुपर्नेमा जोड दिएका थिए । उनले जातिय संघीयताका कारण देश टुक्रन सक्ने सम्भावना औल्याए ।







Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.