ओबामद्धारा अमेरिकी हवाई आक्रमणमा परी पाकिस्तानी सैनिक मारिएकोमा दुःखी भएको जनाउँदै मृतक सैनिकप्रति समबेदना प्रकट

अमेरिकी राष्ट्रपति बाराक ओबामले अमेरिकी हवाई आक्रमणमा परी पाकिस्तानी सैनिक मारिएकोमा दुःखी भएको जनाउँदै मृतक सैनिकप्रति समबेदना प्रकट गर्नुभएको छ ।

 

पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीलाई फोनमार्फत समबेदना प्रकट गर्दै ओबामाले हवाई हमलामा पाकिस्तानी सैनिक मारिनु अन्जानमा भएको दुर्घटना भएकाले यसको छानबीन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गत नोभेम्बर २६ मा अमेरिकी नेटो हमलामा २४ पाकिस्तनी सैनिक मारिएका थिए । सो घटनापछि अमेरिका र पाकिस्तानबीचको सम्बन्धमा तिक्तता छाएको छ ।