जापानको यामागुचीमा १४ वटा महंगा स्पोर्ट्स कारहरु एक आपसमा ठोकिएका छन् ।
सडक दुर्घटनाको ईतीहासमै संभवत सबैभन्दो महंगो मानिएको यो दुर्घटना हिरोसिमा नजीकको यामागुची प्रान्तको राजमार्गमा भएको हो ।
१ सय ६० किलोमिटर प्रतिघण्टा भन्दा बढीको गतिमा हुईकीरहेको एउटा स्पोर्ट्स कार सडक छेउको बारमा ठोकिएपछि बाँकी १३ वटा कारहरु पनि एक आपसमा ठोकिएका थिए । यती ठुलो दुर्घटनामा मानविय क्षती नभएपनि झण्डै ३ अरव १४ करोड नेपाली रुपैंया बराबरका सुविधा सम्पन्न कारहरु भने ध्वस्त भएका छन् । दुर्घटनामा परेका अधिकांश कारहरु मर्मत गर्नै नसकीने अवस्थामा पुगेका छन् ।