सरकारले उपलब्ध गराउँदै आएको भत्ता बुझ्न बैंक जाँदै गरेकी वृद्धाको बाटोमै मृत्यु

– कमल थापा

 

रुकुम – सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बुझ्नको लागि बैंक जाँदै गर्दा मंगलवार बाटैमा लडेर एक वृद्धाको मृत्यु भएको छ।


रुकुम खलङ्गा ९ कि ७१ वर्षीय सरस्वती खत्रीको घटना स्थलमै मृत्यु भएको हो। मंगलवार विहान घरवाट वृद्धाभत्ता वुझ्न नेपाल बैंक लिमिटेड आउँदै गर्दा खलंगा गाविसको पातुखोलामा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ।


गाउँ विकास समितिको कार्यालयमार्फत उपलब्ध हुने सामाजिक सुरक्षा भत्ता यस वर्षदेखि बैंक खाता मार्फत उपलब्ध गराउँदै आएको छ। तिहारदेखि नेपालगञ्ज बस्दै आएकी उनी सोमवार मात्र रुकुम घर फर्केको छोरा हरिवहादुर खत्रीले बताए। घटना स्थलमा प्रहरी र आफन्त पुगेका छन्। शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ।