अर्घाखाँचीको सुधा उच्च माबिमा सहमति पछि ताला खुल्यो

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची २० मसिर । अर्घाखाँचीको सुधा उच्च माबिमा करिब २० दिन अघि लगाइएको तालासहमति पछि आज खुलेको छ ।


बिद्यालयमा शिक्षक नियुक्त र नियमित पठन पाठन हुनु पर्ने माग गर्दै बिद्यार्थीहरुले २० दिन ताला लगाएका थिए ।


जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालको पहलमा आज भएको राजनितिक दल बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी र बिद्यार्थीहरुको भेलाले एक हप्ता पछि सबै माग पुरा गर्ने सहमतिमा ताला खुलेको हो ।

बिद्यालयमा लगाइएको ताला खुले पछि भालि बाट २० दिन अगाडीबाट अबरुद्ध भएको पढाई सुचारु हुने बार्तामा सहभागि लोकेन्द्र बिश्कर्माले बताएका छन् ।

 

बार्तामा एकिकृत माओबादीका गोबिन्द प्रकास केसी नेपालि काग्रेसका जिल्ला सदस्य लोकेन्द्र बिक छबिलाल पौडेल लगायतको उपस्थिति रहेको थियो ।










Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.