अर्घाखाँची बन्दले जनजीवन प्रभावित

– प्रेमनारायण आचार्य


अर्घाखाँची २१ मसिर । दोषीलाई कारबाहीको माग गर्दै गरिएको बन्दले अर्घाखाँचीको जनजीवन अस्तव्यस्त बनेको छ । 

 

भरतपुर जेलमा रहेका तरुण दलका अध्यक्ष शिव पौडेलसहित पाँच जनामाथि हिजो भएको आक्रमणको विरोधमा नेपाली काङ्ग्रेसले आज अर्घाखाँची  बन्द गरेको हो  । 


बन्दका कारण अर्घाखाँचीमा यातायात उद्योग व्यवसाय शैक्षिक संस्थालगायत सम्पूर्ण क्षेत्र बन्द रहेका छन् । 

 
बन्दकर्ताहरु सन्धिखर्क र चुत्राबेसीका चोक चोकमा बिहानैदेखि काग्रेसका नेता तथा कार्यक्रता तैनाथ भएर बसेका छन् । 


बन्द साँझ ५ बजेसम्म रहने र त्यसपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरिने नेपाली काङ्ग्रेस अर्घाखाँचीले बताएको छ ।









Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.