नेपाली काँग्रेसले गरेको अर्घाखाँची बन्द फिर्ता

– प्रेमनारायण आचार्य


अर्घाखाँची २१ मसिर । चितवनको भरतपुर कारागारमा भएको घटनाको विरोधमा नेपाली काँग्रेसले अर्घाखाँचीले गरेको जिल्ला बन्दको कार्यक्रम साढे ३ बजे स्थगित भएको छ । 


   नेपाली काङग्रेस अर्घाखाँचीले  सनिधखर्कको शान्ती बगैचामा  कोणसभाको आयोजना गरि बन्द कार्यक्रम स्थगित भएको जनाएको छ । कोण सभामा मन्तब्य राख्दै नेपालि काग्रेसका जिल्ला सचिब बासुदेब आचार्यले बन्द कार्यक्रम स्थगित भएको घोषणा गर्नु भएको हो ।

 
कोण सभामा मन्तब्य राख्दै जिल्ला सचिब आचार्यले  बन्दलाई सफल पार्न सहयोग गर्ने उद्योगी ब्यपारी राजनितिक दल  शिक्षक बिद्यार्थी सबैलाई हार्दिक धन्यवाद प्रकट गर्नु भएको छ ।


कोण सभामा मन्तब्य राख्दै काग्रेसका युबा नेता बिष्णुप्रसाद खनाल मुस्कानले शान्ती र सुरक्षाको लागि बनद आब्हान गरिएको बताउदै सरकारले सबै नेपालि जनताको सुरक्षाको ज्ञयारेन्टी लिनु पर्ने बताउनु भयो ।

 
कोण सभा काग्रेसका जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्काको संचालनमा समपन्न भएको हो ।


बन्दका कारण आज दिन भर अर्घाखाँचीमा यातायात उद्योग व्यवसाय शैक्षिक संस्थालगायत सम्पूर्ण क्षेत्र बन्द रहेका थिए  ।











Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.