अफगानिस्तानको दक्षिणी हेलमन्द प्रान्तमा रोड छेउमा राखिएको बम विष्फोट हुंदा १९ सर्वसाधरण मारिएका छन् । मारिनेमा एकै परिवारका महिला र बालबालिका रहेको बताइएको छ ।
तालिवान लडाकुको बलियो पकड मानिने संगिन जिल्लातर्फ गइरहेको बस विष्फोटमा परेको स्थानिय अधिकारीहरुले जनाएका छन् । हिजो ५९ जना मारिने गरी शिया धम्बार्लम्बीमाथि भएको आत्मघाती विष्फोट भएको दोस्रो दिन आज यो विष्फोट भएको हो ।