पाकिस्तानमा राष्ट्रपति आसिफ अली जर्दारीको राजीनामाको हल्ला चलिरहेका बेला स्वास्थ्य उपचारका लागि दुबईमा

पाकिस्तानमा राष्ट्रपति आसिफ अली जर्दारीको राजीनामाको हल्ला चलिरहेका बेला उहांका प्रवक्ताले भने जर्दारी स्वास्थ्य उपचारका लागि दुबईमा रहेको बताएका छन् ।

 

राष्ट्रपतिका प्रवक्ता फर्हातुल्लाह बाबरले जर्दारीको राजीनामाको प्रसंग हल्ला मात्र भएको भन्दै उहां सल्लाह अनुसार नै उपचारका लागि र्गको जनाएका हुन् । तर राष्ट्रपति जर्दारी दुबई उडे लगत्तै पाकिस्तानी सञ्चार माध्यमहरुले भने उहां राजीनामा दिने अबस्थामा पुगिसकेको समाचार सार्वजनिक गरेका थिए ।

 

विवादास्पद राजनीतिक छवि भएका जर्दारी सन् २००८ मा पाकिस्तान पिपुल्स पार्टीले चुनाव जिते पछि राष्ट्रपति बन्नु भएको थियो । सन् २००७ मा उहाँकी पत्नी बेनेजिर भुट्टोको हत्यापछि जर्दारी राजनीतिमा बढी सक्रिय हुनु भएको थियो ।

 

पाकिस्तानमा पछिल्लो समय अमेरिकाका लागि पाकिस्तानी राजदूतको राजीनामा प्रकरण र पाकिस्तानी अधिकारीहरुले सम्भावित सैनिक कु को त्रास देखाउँदै अमेरिकासंग सहयोग मागेको प्रसंग सार्वजनिक भएपछि पाकिस्तानी सरकार व्यापक राजनीतिक दबाब पर्दै आएको छ ।