लिवियाको राजधानी त्रिपोलीमा अपदस्थ राष्ट्रपति कर्नेल गद्धाफीका पक्षधरहरुले पूर्व सशस्त्र विद्रोहीहरुविरुद्ध प्रदर्शन

लिवियाको राजधानी त्रिपोलीमा अपदस्थ राष्ट्रपति कर्नेल गद्धाफीका पक्षधरहरुले पूर्व सशस्त्र विद्रोहीहरुविरुद्ध प्रदर्शन गरेका छन् । महिनौंसम्मको सशस्त्र आन्दोलनपछि करिब डेढ महिना अघि मात्र विद्रोही सेनाको नियन्त्रणमा आएका गद्धाफीको हत्या गरिएको थियो ।

 

तर यतिवेला फेरि बालबालिका र महिलासमेत सहभागी हजारौंको जुलुसले सशस्त्र लडाकुलाई शहर बाहिर पठाउन माग गर्दै प्रदर्शन गरेका हुन् । हामीलाई हतियार होइन शान्ति चाहिएको उनीहरुले भनेका छन् । अगस्तमा राजधानी पुगेका हतियारबन्द पूर्व विद्रोहीहरुबीचमै आएको फूटले गूटहरुबीच संघर्ष चर्कन थालेको खबर छ । प्रहरी प्रशासन कमजोर हुँदा शहरमा अराजकता फैलिएको खबर छ ।

 

जेलमा बन्द रहेकालाई जबरजस्ती निकाल्न दबाब दिएकोमा कानुन व्यवसायी समेत रुष्ट बनेको खबर छ भने विद्रोही सेनालाई राष्ट्रिय सेनामा सामेल गर्ने तयारी पनि भैरहेको छ । यसका लागि नयाँ सरकारले सबै विद्रोहीलाई आफुसँग भएका हतियार दुई हप्ताभित्र राज्यलाई बुझाउन चेतावनी दिएको छ ।

 

यसैबीच गद्धाफीका एक छोरा सादी गद्धाफी लुकीछिपी मेक्सिको छिर्न लागेको खबर प्राप्त भएको छ । सेप्टेम्बरमा लिबियाबाट भागेका उनी अफ्रिकाको नाइजरमा नजरबन्दमा रहेका छन् ।