नेपालमा मधुमेह रोगका विरामीको संख्या कम गर्न गरिबी घटाउनु पर्नेमा स्वास्थ्य विज्ञहरुले जोड दिएका छन् । आज ललितपुरमा मधुमेह नेपाल संस्थाले गरेको कार्यक्रममा स्वास्थ्य विज्ञहरुले नेपालको वातावरणीय प्रदूषणले गर्दा पनि विरामीको संख्या बृद्धि भएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले मधुमेह रोगका विरामी कम गर्न सरकारले पहल गर्ने बताउनुभयो । उपचार गर्न नसकेका विरामीहरुलाई सरकारले कम शुल्कमा उपचार सेवा दिने बताउनु भयो ।
मधुमेह रोगबाट शहरी क्षेत्र बढि प्रभावित भएको स्वास्थ्य विज्ञहरुले बताएका छन् । कार्यक्रममा मधुमेह रोग सम्बन्धि जनचेतना मुलक कार्यक्रम प्रशारण गरेकोमा इमेज च्यानलसहितका ६ वटा टेलिभिजनलाई सम्मान गरिएको थियो ।