अर्घाखाँचीमा भएको एक कार्यक्रममा आयोजक सस्था भन्दा सहभागीको सख्या कमी

– गणेश खनाल



अर्घाखाँची मसिर २४ – यूएई डेस्क – देश भर अन्तरराष्टिय मानव अधकिार भव्य रुपमा मनाईरहेको समाचार आईरहन्दा अर्घाखाँचीमा भने आयोजक सस्था भन्दा कार्यक्रमका सहभागी कम देखीएका छन् । 



जिल्ला विकास समिती,वार एसोसियसन,महिला तथा बालवालिका कार्यलय सहित ६ सस्था आयोजक भएपनि अन्तरराष्टिय मानव अधिकार दिवस तथा लैङ्गकि हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा एक दर्जन पनि सहभागी उपस्थित नभएपछि कार्यक्रम खल्लो भएको महसुस गरिएको छ ।



कार्यक्रममा सहभागीको लागी झन्डै १ सय भन्दा बढीलाई जानाकारी गराईएको  थियो । 



यता मानव अधिकार दिवस मनाई रहदा अर्घाखाँचीका राजनैतिक दलका नेता स्थानीय विकास अधिकारी सहितको टोली चुनढुङ्गगाको अवलोकनको नाम सरकारी रकमको दुरप्रयोग गरि जिल्ला बाहिर सयर गरिरहेका छन् । जिल्ला विकास समिती अर्घाखाँचीले पटक पटक विभिन्न बाहान बनाई राजनितीक दललाई रिजाउनको लागी भम्रण लैज्जाने गरेको जिल्लाका बुद्धिजिविहरुको बुझाई छ । 



मानव अधिकारको हिसावले आजको कार्यक्रम निकै महत्वपुण हो तर यस्ता कार्यक्रमलाई राजनैतिक दल तथा सरकारी कार्यलयले वेवास्ता गर्नु राम्रो होइन पत्रकार महासंघका उपाध्यक्ष हिम बहादुर जि सीले बताउनुभयो । कार्यक्रममा पत्रकार,प्रजिअ,प्रहरी नायव उपरिक्ष्ँक र केही सरकरी कार्यालयका प्रतिनिधी र केहि राजनैतिक दलका प्रतिनिधीको मात्र सहभागिता रहेको थियो । जिल्लामा पछिल्लो समयमा मानव अधिकारका घटनामा बृद्धि भईरहेको छ । 



विहान ११ बजे सुरु गर्ने गरि पत्रचार गरिएको भएपनि आयोजक र सहभागी कोही पनि नआएपछि पौने १ बजे तिर कार्यक्रम सुरु गरिएको थियो । 



प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरेको अध्यक्षता,बेलकुमारी परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.