अमेरिकाले पाकिस्तानका लागि दिने भनि घोषणा गरेको आर्थिक सहयोगमा रोक

अमेरिकाले पाकिस्तानका लागि दिने भनि घोषणा गरेको आर्थिक सहयोगमा रोक लगाएको छ । अमेरिकी प्रतिनिधी सभा र सिनेटका सदस्यहरुको संयुक्त बैठकले पाकिस्तानलाई दिने भनिएको ७० करोड अमेरिकी डलर सहायता रकम रोक्ने निर्णय गरेको हो ।

 

पाकिस्तानले अफगानिस्तानमा अमेरिका र सहयोगी राष्ट्रका सेनालाई निशाना बनाउन बिस्फोटक पदार्थको प्रयोगमा तीब्रता दिएपछि आर्थिक सहयोग रोकेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

 

पाकिस्तानले अमोनियम नाइट्रेट नामक बिस्फोट पदार्थको प्रयोगमा निरन्तरता दिएका कारण अमेरिका चिन्तित बनेको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानले बिस्फोटक पदार्थको प्रयोग रोकेको खण्डमा आर्थिक सहयोगलाई निरन्तरता दिन सकिने अमेरिकी अधिकारीहरुको भनाइ छ ।

 

सन् २०११ यता अमेरिकाले आतंकवादविरुद्ध लड्न भन्दै पाकिस्तानलाई लगभग २० अर्व डलर सहयोग रकम दिइसकेको छ । गत साता अमेरिकी सेनाको आक्रमणमा २५ जना पाकिस्तानी सेना मारिएपछि अमेरिका र पाकिस्तानबीचको सम्बन्ध थप चिसिएको छ ।