यूएईमा रहेका अर्घाखाँची बासीको लगत सकंलन कार्य तिब्र गतीमा

– अनुराधा लम्साल पाण्डे


 

यूएई डेस्क – बैदेशिक रोजगारीको सिलसिलामा अर्घाखाँची जिल्लाबाट संयुक्त अरब इमिरेट्स (यूएई)को बिभिन्न ठाँउमा छरिएर रहेका अर्घाखाँची बासीहरुको लगत सकंलन कार्य तिब्र गतीमा अघी बडाइएको छ।

 


 

अर्घाखाँचीबासी सिमित नेपालीहरुको पहल र सकृयतामा गठित अर्घाखाँची सामुहिक बचत कोष यूएईले यस् कार्यलाई तिब्र रुपमा अगाडि बडाएको हो । 

कोषको दुई महिना अघी दुबइको क्रिकपार्कमा सम्पन्न मासिक नियमित संचालक समितिको बैठक ले यस्तो निर्णय गरेको र गत शुक्रबार पुनह बसेको बैठकले त्यस कार्यलाई अझ शशत्त ढङ बाट अघी बडाउने बताइएको छ ।


कोषका अध्यक्ष रविलाल खनालको अध्यक्षयतामा बसेको उक्त बैठकमा उपाध्यक्ष प्रकाश रायमाझी,सम्राट धु्र्व खनाल,सचिव राजु खडका, कोषाध्यक्ष चिरन के.सि. र सल्लाहकार उमाकान्त पाण्डे गाउँले लगायतको को उपस्थिती रहेको थियो।

 


 

बैठकमा हाल सम्म ५ सय जती अर्घाखाँची बासी नेपालीको लगत सकंलन गरी सकिएको जनाइएको छ । सकंलन गरिएको तथ्याकंका आधारमा संपर्क समिती गठन गरी परी आउने सामाजिक कार्यमा हातेमालो गर्दै जाने योजना अनुरुप सस्था स्थापना गरिने भएको हो ।

 

यसैबिच भारतको दिल्ली स्थित राजिब गान्धी क्यान्सर अस्पतालमा ब्लड क्यान्सर रोग लागि उपचारको लागि उपचार्थ  जीवन र मृतु संग संघर्ष गरिरहेका जिल्लाको अर्घा गा.वि.स. वडा न. ५ निवासी नरेन्द्र आचार्यको उपचार खर्च जुटाउन आर्थिक सकंलन अभियान चलाऊने र कोषलेको सकृयतामा सकलन गरिएको रकम आउदो जनवरी १३ मा हुने नियमित भेलाले पारीत गरी पठाउने निर्णय समेत गरिएकोले सो कार्यमा सहयोग गर्न चाहनु हुने लाई अर्घाखाँची डट्कम् मार्फत समपर्क गर्नुहुन अनुरोध गरिएको छ । सहयोग गर्ने हरुको नामावली समेत प्रकाशन गरिने भएकोले सो सम्बन्धी अर्घाखाँची डट्कम् यूएई डेस्क प्रमुख उमाकान्त पाण्डे गाउले लाई समपर्क गर्न अनुरोध गरिएको छ । 

 


 

जीवन र मृतु संग संघर्ष गरिरहेका छन्।  उनि बृद्ध  बुवा आमाका एकमात्र छोरा भएकोले पारिवारमा आम्दानीको कुनै स्रोत नभएको र उनको उपचार खर्चको लागि कम्तिमा पनि १० लाख भारु. लाग्ने डाक्टरले बताएको हुदा यति ठुलो रकम जुटाउन उनको परिवारलाई सम्पूर्ण जायजेथा बेचबिखन गरेपनि असम्भब भएको हुदा आफुसक्दो आर्थिक सहयोग  गरि मानव सेवामा समर्पित भैदिनुहुन सम्पूर्ण  व्यक्ति  तथा सघ सस्थाहरुलाई  अनुरोध  गर्दछौ।  तपाइँहरुको सानो सहयोगले उनको जीवन बाच्न सक्छ, तपाइँहरुको यो सहयोग हामीहरुको लागि अविस्मरणीय हुनेछ।

 
 

 

बैठक पछी जारी गरीएको एउटा पत्रमा उल्लेख भए अनुसार :कोषका बारेमा बिबिध बिषयमा छलफल बाहेक यसपटक कोषले यूएईमा रहेका सम्पूर्ण अर्घाखाँची बासी दाजुभाई तथा दिदिबहिनीहरु सबैलाई लक्षित गरि सामुहिक र सांगठनिक हिसावले हाम्रो दायित्वलाई बोध गर्दै केही फरक बिषयबस्तुमाथि छलफल भएको पत्रमा उल्लेख गरिएको छ।

 

यसरी उल्लेखनिय संख्यामा रहेका हामी जिल्लाबासीबीच एक आपसमा निरन्तर सर्म्पर्क,सहयोग,आदान प्रदान र आपसी भाइचार सदभावको लागि साझा चौतारिको अभाव रहेको हामी सबैले महसुस गरेका छौ त्यसर्थ यस् अभियानलाई अर्घाखाँची डट्कम् मार्फत सन्चालन गरिने भएकोले जिल्लाका ४२ वटै गाविस बाट यहाँ आइ कार्यरत सम्पूर्णलाई संपर्कमा ल्याउने र भईपरी आउने कार्यलाई सहजरुपमा सम्पन गर्न एक जुट हुनुपर्ने भएको ले सम्पूर्णलाई आफ्नो संपर्क नम्बर सहित लगत सकलन कार्यमा जुट्न आग्रह गरिएको छ।

 


 

एकता नै बल हो भन्ने अभिप्रायले स्वच्छ र निस्वार्थ भावनाले प्रेरित भएर सकारात्मक र दिर्घकालिन सोचका साथ स्थापना गरिएको यस् कोषले छोटो समयमा गरेको प्रगतिले भविश्यको लागि हामीलाई अझ बढि हौसला प्रदान गरेको भन्दै अर्घाखाँची बाट यूएईमा आइ कार्यरत सम्पूर्णको संपर्क विवरण सकंलन गरि अर्घाखाँची राहत कोष स्थापना गर्नका लागि विवरण सकंलन गर्न लागिएको हो।

 

आफ्नो आन्दानीको केहि सिमित अंश सामुहिक रुपमा संकलन गरि हामी सदस्यहरुबिच आइपर्ने आर्थिक समस्याहरुलाई हल गर्ने र भविश्यमा जिल्लामा नै सुरक्षित लगानी गरि व्यावसायिक रुपमा रोजगारीकेा अवसर सृजना गर्ने हाम्रो मुख्य लक्ष्य रहेको छ ।

 


 

जिल्लाबासी साथिभाइहरुलाई आइपर्ने विबिध समस्याहरुलाई सम्बोधन गर्न अर्घाखाँची राहत कोष खडा गर्ने र सामाजिक र सामुहिक दायित्व स्वरुप  साझा चौतारीको रुपमा  अर्घाखाँची समाज स्थापना गर्नु आवश्यक देखिएको कुरा नयाँ नभएकोले सिमित साथिहरुको प्रयासले लगत संकलन कार्य संभव नहुने हुनाले आ आफ्नो गाविसका एक एक प्रतिनिधि साथीहरु सहित सम्पूर्ण गाविसबासी साथीहरुको बिवरण यथासंभव उपलब्ध गराइ  सहयोग गर्नुहुन अर्घाखाँची अनलाइन डट्कम् मार्फत सबैमा जानकारी गराईेको छ।

 

विवरण संकलनको लागि तल उल्लेखित साथिहरुलाई सर्म्पर्क गर्नुहुन समेत आग्रह गरिएको छ। रविलाल खनाल ,खन गाविस:हाल: आबुधावी सर्म्पर्क नं. ०५५९८४१२५८,राजु खडका,सन्धिखर्क गाविस,हाल:सारजहा सर्म्पर्क नं. ०५०-६३२१३५६,प्रकाश रायमाझी , अर्घा गाविस हाल:अम्मल  क्यूइन- सर्म्पर्क नं. ०५५५९४५७१३,चिरन केसी,धारापानी गाविस,हाल: दुबइ सर्म्पर्क नं. ०५०४७३५३०२,सम्राट धु्र्व खनाल-वागला गाविस,हाल: दुबइ,सर्म्पर्क नं. ०५५१६७८७४३, तथा अर्घाखाँची डट्कम् यूएई डेस्क एवम मध्यपुर्व प्रमुख उमाकान्त पाण्डे “गाउंले” बल्कोट गाविस,हाल:आबुधावी सर्म्पर्क नं. ०५५९१०४३३६  रहेको छ । साथै ईमेल मार्फत संपर्क गर्न चाहनुहुने लाई :  umakantapandey@sandhikharka.com or arghakhanchi.kosh@gmail.com वा फेसबूकमा Arghakhanchi Times मा म्यासेज पठाउन आग्रह गरिएको छ।

 

 

यूएईमा रहेका अर्घाखाँची बासीको लगत सकंलन गरिने

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.