जीवन र मृतु संग संघर्ष गरिरहेका नरेन्द्र आचार्यको सहयोगको लागि कतारबाट रु.३३७२५ आर्थिक सहयोग


दिल्ली स्थित राजिब गान्धी क्यान्सर अस्पतालमा उपचारका क्रममा नरेन्द्र आचार्य।

 

भारतको नई दिल्ली स्थित राजिब गान्धी अस्पतालमा उपचार गरिरहेका अर्घाखाँची जिल्ला अर्घा गाविस वडा न. ५ निवासी नरेन्द्र आचार्यको सहयोगको लागि कतारबाट नारायण प्रसाद खनालले रु.३३७२५/-सहयोग राशि आर्थिक सहयोग गरेका छन ।

 

अर्घाखाँचीडट्कम मार्फत सहयोगको लागि सबैमा अनुरोध गरे लगतै अर्घाखाँची-७ चुत्राबेसी घर भएका एवम हाल कतारमा कार्यरत खनालबाट उक्त जीवनरक्षा सहयोग उपलब्ध भएको हो।

 



वृदा आश्रम बनाउनुका साथै जिल्लामा सामाजिक कार्य गरेर चर्चामा आएका खनालको सहयोगको लागि नरेन्द्र आचार्यको सम्पूर्ण परिवारले विषेश धन्यवाद दिएका छन भने दिल्ली स्थित राजिब गान्धी क्यान्सर अस्पतालमा जीवन र मृतु संग संघर्ष गरिरहेका नरेन्द्रको उपचारका लागि आफु सक्दो सहयोग गरिदिन सम्पूर्ण देश – विदेशमा रहेका सम्पूर्णमा पुन अनुरोध गरेका छन।

 


यसैगरी नरेन्द्र जीवनरक्षा अभियानका लागि सहयोग पुराउनका लागि सम्पूर्ण तहमा पहल भए अनुसार अन्तरराष्ट्रिय समाचार सस्था द टाईम्स अफ अर्थले पनि प्राथामिकताका साथ छुटै सस्करण बनाएर आफनो विषेश भागमा राखेर सहयोग गरेको छ। जुन सहयोग सस्करण गएको गत शुक्रवार देखि सन्चालनमा लिएको र हाल सम्म अफ्रिका लगायतबाट दर्जनौ सिफारिस आए पनि सो सस्थाका नेपाली फाउन्डरको हैसियतले, प्राथिमिकताले तीन जना नेपाली विरामीको मात्रलाई समावेश गरिएको छ। यसैगरी सो सस्थाले आफ्नो सहयोग सस्करणका लागि यूरोप स्थित स्पेनको मैड्रिडमा संपर्क गर्न र सहयोग पठाउन सकिने बताएको छ। भने केही महिनामा अमेरिका, एसियामा विस्तार गर्ने समेत जानकारी गराएको छ।

 


साथै उक्त सस्थामा विरामीले आफुलाई समवेश गराउनु परेमा विरामीको सम्पूर्ण विवरण, उपचार विवरण, रोग विवरण, अस्पतालको सम्पूर्ण समस्या र लाग्ने आर्थिक शुल्क पत्र, देश, प्रान्त, राज्य सरकारको सिफारिस पत्र, विरामीको पासपोर्टको फोटोकोपी उपलब्ध गराउनुपर्ने हुन्छ। सोही अनुसार उक्त मानविय सहयोग सस्थाले आर्थिक सहयोग लगायत विश्वको कुनै पनि देशमा उपचारका लागि सहयोग गर्दछ । साथै help@timesofearth.net मा ईमेल मार्फत संपर्क गर्न सकिन्छ। 

 


यसैगरी नरेन्द्र आचार्यको लागि मानविय हिसावले तुरुन्त सहयोग गर्न चाहेमा तलको सहयोग पेजमा गएर सम्पूर्ण जानकारी लिन सकिने छ:-

 


 

banner

 



Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.