बर्मामा प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीको नेशनल लीग फर डेमोक्रेसी पार्टीले फेरि मान्यता पाएको छ । यो मान्यतासंगै एनएलडी अब फेरि राजनीतिक प्रक्रियामा सहभागि हुन सक्नेछ ।
गत वर्ष वर्मामा सम्पन्न संसदीय चुनाव बहिष्कार गरेको कारण देखाउदै सुचीको पार्टीलाई त्यहांको सैनिक समर्थित सरकारले अवैध घोषित गरेको थियो । उक्त चुनाव अलोकतान्त्रिक भएको एनएलडीको आरोप थियो । एनएलडीले गत हप्ता मात्र सुची सहित उपचुनावका सबै ४८ सीटमा आफ्ना उम्मेदवार उठाउने घोषणा गरेको थियो ।
बर्मामा अहिले आंशिक रुपमा नागरिक प्रतिनिधित्वको सरकारले सुधारका केही कदम उठाएपछि त्यहांको राजनीतिक वातावरण सहज बन्दै गएको छ । एनएलडीले सन् १९९० को आमचुनावमा अत्याधिक बहुमत हासिल गरे पनि सैनिक शासकले परिणाम अस्वीकार गरी देशमा सैनिक शासन लागु गरेका थिए ।