बेल्जियममा एक युवकले अन्धाधुन्ध गोली प्रहार गरी पाँच जनाको हत्या

बेल्जियममा एक युवकले अन्धाधुन्ध गोली प्रहार गरी पाँच जनाको हत्या गरेपछि आफैलाई गोली हानी आत्महत्या गरेका छन् । ३३ बर्षिय युवक नार्डिन आमरानीले बेल्जियमको लैज शहरको भीडभाड क्षेत्रमा अन्धाधुन्ध गोली प्रहार गरी पाँच जनाको ज्यान लिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

 

घटनामा १ सय २० जना घाइते भएका छन् । आमरानी आपाराधिक कृयाकलापमा संलग्न ब्यक्ति रहेको र उनी लागू औषध कारोबारमा संलग्न भएको आरोपमा ५८ महिनासम्म कैद भुक्तानी गरीसकेको ब्यक्ति भएको सुरक्षाकर्मीहरुले जनाएका छन् ।

 

घटनालगतै सुरक्षाकर्मीहरुको उनको घरमा छापा मारी केही हतियार पनि बरामद गरेका छन् । यसैबीच घटनास्थलको निरीक्षणमा गएका प्रधानमन्त्री एलियो डी रुपोले घटनाप्रती दुख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रती समबेदना प्रकट गरेका छन् । घटनास्थलमा हाल सुरक्षाब्यबस्था कडा तुल्याइएको छ । मृत्यु हुनेमा ७५ बर्षिय एक महिला सहित १५ देखि १७ बर्ष उमेर समूहका युवाहरु रहेका छन् ।