अमेरिकी ड्रोन बिमान फर्काउन अमेरिकाले गरेको आग्रहलाई इरानले अस्वीकार

इरानको कब्जामा रहेका अमेरिकी ड्रोन बिमान फर्काउन अमेरिकाले गरेको आग्रहलाई इरानले अस्वीकार गरेको छ । इरानका रक्षामन्त्री अहमद वाहिदीले नियतबश इरानी भूमीमा प्रवेश गराएको ड्रोन बिमान अव इरानको सम्पती भएको दाबी गर्दै अव कुनैपनि हालतमा यसलाई नफर्काउने बताएका छन् ।

 

यसअघी अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी ड्रोन बिमान भूलबस इरानी भूमीमा प्रवेश गरेको भन्दै यसलाई फर्काउन इरान सरकारसंग अपील गर्नुभएको थियो । यता इरानले बिशेषज्ञहरु झिकाई बिमानको जाँचपडताल गराएका छन् । गत महिना अमेरिकी ड्रोन आर.क्यु १७० सेटिंनेल बिमान इरानी भूमीमा पुग्दा इराने कब्जामा लिएको थियो ।

 

ड्रोन बिमानकै कारण अमेरिका र इरानबीच पहिलेनै चिसीएको सम्बन्धमा झन् तिक्तता आउने सम्भवना बढेको छ ।