सिमलपानी देउराली पहाडे सामुदायिक वनका पधाधिकारी हिरासतमा

– गणेश खनाल/ यूएई डेस्क सहयोगी 



अघाखाँची मसिर २९ गते -यूएई डेस्क- जिल्ला वन कार्यालय अघाखाँचीले अनियमित रुपमा हरियो रुख कटान गरेको अभियोगमा सिमलपानी देउराली पहाडे सामुदायिक वनका पधाधीकारी सहित ११ जनालाई विहिवार प्रक्राउ गरेको छ । 



समुहका सबै सदस्यको मिलोमोतोमा सामुदायिक वनमा हरिया २९ वटा रुख काटीरहेको अवस्थामा जिल्ला वन कार्यालयको एक टोलीले प्रक्राउ गरि आवश्वयक अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको हो ।



प्रक्राउ पर्नेमा अध्यक्ष्ँ कुल प्रसाद प्रोखरेल,उपाध्यक्ष्ँ उषा वि सी कोषध्यक्ष सरस्वती वि सी,सहसचिव रा बहादुर वि सी सदस्यहरुमा लक्ष्मी विक,वसन्ती वि क सावित्रा पोख्रेल कण बहादुर खाम्चनी,जिवकला वि सी र लेखा समिती सदस्य हुम बहादुर वि सी रहेको जिल्ला वन अधिकृत सुरेस सिंहले जानाकारी दिनुभयो । 



जिल्ला वन कार्यलय अघाखाँचीले विगत १ वर्षदेखी जिल्लामा हरियो रुख कटानमा पूर्णरुपमा रुपमा प्रतिबन्ध लगाएको छ । प्रतिवन्ध लगाएको रुख कटान अभियोगमा गत वर्षघोराखोरी सामुदायिक उपभौत्ता समितीका पधाधिकारीलाई समेत मुद्धा चलाएको थियो । 



कार्यलयले जिल्ला भित्र वनपैदावार अतिक्रण तथा बन्यजन्तु चोर निकासी कार्यलाई त्रि्रता दिईरहेको छ । 

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.