कन्टचमा गोली हानी आत्महत्या

पोखरा, १ पुस पोखरा विमानस्थलको सुरक्षार्थ खटिएका एक प्रहरीले आफैले बोकेको पेस्तोलले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका छन् । कास्की लामाचौका प्रहरी सई बलराम अधिकारीले आज बिहान ड्युरीमा रहेकै बेला आफ्नो कन्टचमा गोली प्रहार गरी आत्महत्या गरेका हुन् ।
 
उनले आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले बताएको छ भने घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।