अर्घाखाँचीबासी विद्युत्त अनियमिताबाट मुक्त हुने

Photo8

 

– गणेश खनाल / यूएई डेस्क सहयोगी 



अर्घाखाँची पौष १ गते । विगत लामो समय देखी अर्घाखाँची बासीले भोग्दै आएको विद्युत अनिमियता सव स्टेशन स्थापना संगै घट्ने भएको छ । 



अर्घाखाँचीको अर्घाडाडामा करिव निर्माण र्सर्म्पन भएको स्टेशनबाट ११ के वि को लाईन सुरु हुने भएपछि विद्युत सेवा नियमित हुने भएको हो । यस अघि अर्घाखाँचीमा ३३ के वि को लाईन प्रयोग गरिदै आईएको विद्युत्त प्रँधिकरण अर्घाखाँचीले जनाएको छ । 



३३ के वि लाईन प्रँवधिक हिसावले पनि खतरा रहेको र ३३ के वी को लाईन प्रयोग गर्दा सबै सामानको लागत अत्यधिक महगौ हन्थ्यो भने ११ के वीको लाईन सबै हिसावले सस्तो पर्न जाने प्रँवधिक नन्दराम श्रेष्ठले बताउनुभयो । यस अगाडी ३३ के वीको लाईन सिधै अर्घाखाँचीका उपभोत्ताले उपभोग गर्नु पथ्यो तर अव स्टेशन मार्फ ११ के वि को लाई उपभोग गर्नेछन् जस्ले प्रावधिक हिसावले अत्यधिक रिक्सबाट अर्घाखाँची बासीले मुत्त पाउने  श्रेष्ठको भनाई छ । 




विगतमा अर्घाखाँचीबासीले कुनै एउटा गाउँको लाईनमा फल्ड आएपनि सबै जिल्लाभरि अन्धकारमा बस्नु पर्ने बाध्यता थियो तर सब स्टेशन मार्फ ११ के वी को लाईन विस्तारले जुन गाउँमा लाईन गएको हो अथावा फल्ड छ सो गाउँ मात्रै अध्यारोमा बस्नु पर्छ । अन्य ठाउँका कुनै अवरोध नहुने स्टेशन निर्माणको जिम्मा लिएको आर कर्ेर् इन्टरनेशलका महाप्रबन्धक सागर लुईटेलले बताउनुभयो । अर्घाखाँची अव नो लाईट जस्तै हुने उहाँको विश्वास छ ।



अर्घाखाँचीमा हाल सम्म एउटा पनि सवस्टेशन रहेको छैन् । यस भन्दा अगाडी पाल्पा, झिमरुकबाट अर्घाखाँचीको कन्टौल हुन गथ्यो जसले भनेका बेला अर्घाखाँचीमा लाईन दिन सकेन अवस्था थिएन् विद्युत्त प्रँधिकरणका प्रावधिक राम बहादुर विकले भन्नुभयो, अव सो समस्या समाधान भएको उहाको भनाई छ । विद्युत आपूत्तिमा अनियमिता हुदाँ कम्युप्टर व्यवसायी, उद्योगीहरु हैरानी खेप्नु परेको थियो । 



सवस्टेशनको काम ९५ प्रतिसत सकिएको अव ८/१० दिन भित्रमा सञ्चालनमा आउने महाप्रबन्धक लर्ुइटेलले जानाकारी दिनुभयो । नेपाल सरकारको साढे सात करोडको लगानीमा निर्माण कार्य र्सर्म्पन भएको उहाले बताउनुभयो । 

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.