गत नौ बर्षदेखि इराकमा जारी अमेरिकी सैन्य अभियान औपचारिक रुपमै समाप्त भएको छ । इराकको बग्दाममा गाडिएको अमेरिकी झण्डा झिकेर सैन्य अभियानको अन्त्यको औपचारिक घोषणा गरिएको हो ।
अभियानको अन्त्यसँगै इराकमा तैनाथ सम्पूर्ण ५५ सय अमेरिकी सेना स्वदेश फर्केका छन् । इराकका लागि अमेरिकाले एक खर्व डलर खर्च गरेको छ भने युद्धका क्रममा ४५ जना अमेरिकी सैनिकले ज्यान गुमाएका छन् । अभियानको अन्त्यसँगै अमेरिकी सैनिकहरुलाई सम्बोधन गर्दै अमेरिकी रक्षामन्त्री लिओन पनेटाले इराक युद्धमा ठूलो धनराशी खर्च र बलिदानी पनि जरुरी भएको उल्लेख गरेका छन् । उनले इराकलाई स्थिरताको बाटो दिन अमेरिकी सैनिकहरुले निर्वाह गरेको भूमिकाको पनि खुलेर प्रशंसा गरे ।
यस्तै अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि इराकमा युद्ध समाप्त गर्न महत्वपूर्ण भूीमका खेलेको भन्दै अमेरिकी सैनिकहरुको प्रशंसा गर्नुभएको छ । अमेरिकामा आयोजित एक कार्यक्रममा राष्ट्रपति ओबामाले इराकमा ९ बर्षदेखि जारी युद्ध समाप्त भएको घोषणा गर्नुका साथै युद्धमा मारिएका सैनिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।