पाठेघर खस्ने समस्याबाट अर्घाखाँचीका महिला पिडित

         – गणेश खनाल

अर्घाखाँची यूएई डेस्क सहयोगी



अर्घाखाँची पौष ३ गते – अर्घाखाँची जिल्लाका महिलाहरु आङ खस्ने समस्याहरुबाट पिडित भएका छन् । आर्थिक विपन्नता, अज्ञानता तथा सामाजिक कूरुतीका कारण यहाँका महिलाहरु आङ्ग खस्ने समस्या बाट पिडित भएका हुन् । जिल्लामा सदरमुकाम सन्धिखर्कका अतिरिक्त गाउँ गाउँका महिलाहरु पाठेघर खस्ने समस्याबाट ग्रसित बनेका छन् । 


सुत्केरी भएको समयमा आराम नगर्ने, पोषण युक्त खाने कुरा खान नपाउने, कम उमेर मै गर्भवती हुने, सुत्केरी भए लगत्तै यौन सर्म्पर्क गर्ने, गह्रौ भारी बोक्ने, खोकी जस्ता सामान्य रोगको समयमै उपचार नगरी बल गर्ने गरी खोक्ने, रजस्वला भएको समयमा सरसफाइमा ध्यान नपुर्‍याउने जस्ता कारणबाट यहाँका महिलाहरुमा आङ्ग खस्ने समस्या आएको स्वास्थ्य कर्मिहरुको भनाइ छ । 

 


जिल्लामा पाठेघर खसेर पिडादायी जीवन विताउने महिलारु सयौ छन् । सदरमुकाममा पटक पटक आङ्ग खस्ने रोग सम्बन्धी शिविरहरु पनि संचालन हुदै आएका छन् । तर पनि यहाका अधिकांस महिलाहरुले रोग लुकाउने गरेको स्थानीय बासिन्दाहरुको भनाइ छ । 

 


आङ्ग खस्ने रोग लागेमा आफ्नै परिवार र छिमेकीहरुले समेत नराम्रो दृष्टिले हर्ेर्ने भएकाले रोग लुकाउन बाध्य भएको पिडित महिलाहरुको गुनासो छ । कतिपय महिलाहरुको त रोग लुकाएर राख्दा अकालमै ज्यान समेत जाने गरेको स्वास्थ्य कर्मिहरुको भनाइ छ । 

 


जिल्लामा अनपढ महिला मात्र होइन पढे लेखेका र वुद्धिजिवी महिलाहरु समेत पाठेघरमा समस्या हुनासाथ अस्पतालम जान संकोच मान्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.चित्र प्रसाद शर्मा वाग्लेले बताए । उनका अनुसार औषधि उपचार गरेमा यो रोग निको हुन्छ भन्ने चेतना नहुदा ग्रामीण क्षेत्रमा बसोबास गर्ने धेरै महिलाहरुले कष्ठपर्ूण्ा जीवन विताउदै आएका छन् । 

 


जिल्लामा पाठेघर खसेका महिलाहरुले घरेलु औषधी गर्ने, झार फुक गर्ने र आफनै कर्मलाई धिक्कार्ने गरेको स्थानीय बासिन्दाको भनाई छ । तर जो महिला अस्पतालको पहुच सम्म पुग्ने गरेका छन् । उनीहरुले भने उपचार पछि नया जीवन पाएको बताउदै आएका छन् । पछिल्लो समयमा शुष्मा कोईराला मेमोरियल टस्ट नेपालगन्जले गरेको एक हत्ते निशुल्क शिविरमा ७७ जना पाठेघरका विरामी मध्ये ४५ जनाको शल्य क्रिया गरिएको थियो । 

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.