बिद्यार्थीले पाण्निी क्याम्पस प्रमुख तथा सहायक प्रमुखको कुर्सी जलाए

– हरि प्रसाद भुसाल

अर्घाखाँची – यूएई डेस्क सहयोगी 



अर्घाखाँची, पुष ३-शुल्क वृद्धीकोविरोधमा चरणवद्ध रुपमा आन्दोलनमा रहेका अर्घाखाँची जिल्लाको पाण्निी क्याम्पसमा अध्ययनरत विधार्थीहरुले आज विहान क्याप्मस प्रमुख तथा क्याम्पस सहायक प्रमुखको कुर्सी जलाएका छन् ।



क्याम्पसले १०० प्रतिशत भन्दा बढि शुल्क बृद्धी गरेपछि विद्यार्थीहरुले क्याम्ँपसमा तालावन्दी लगायतका विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएका छन् । राजनीतिक पार्टिहरुको सहमतीमा शुल्क वृद्धी गरिएकाकारण पार्टिहरुले शुल्क वृद्धी कायमै गर्न दवाव दिएका छन् भने विधार्थीहरु कुनैपनि हालतमा शुल्क बृद्धी मान्य हुन नसक्ने भन्दै चरणवद्ध आन्दोलनमा छन् ।



राजनीतिक पार्टीहरुले शुल्क बृद्धी कायम राख्न दवाव दिएपनि शुल्क वृद्धी फिर्ता नभएसम्मकोलागि आफुहरुको आन्दोलन जारी रहने अखिल क्रान्तिकारी अर्घाखाँचीका अध्यक्ष नाराण्या खनालले अर्घाखाँची न्यूजलाई वताए ।