पाणिनी बहुमुखी क्याम्पसमा विद्यार्थीले क्याम्पस प्रमुखको कुर्ची जलाए


क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री।-फाइल तस्बिर

 

– वीरेन्द्र केसी


अर्घाखाँची – शुल्क वृद्धि घटाउन गरेको मागप्रति व्यवस्ता गरेको भन्दै पाणिनी बहुमुखी क्याम्पसका चार विद्यार्थी संगठनहरुले प्रमुख र सहायक क्याम्पस प्रमुअ बस्ने कुर्ची जलाएका छन । क्याम्पसले एकैपटक ३० प्रतिशत शुल्क वृद्धि गरेको विरोधमा १५ दिनदेखि आम्दोलनमा उत्रिएका थिए ।


आईतवार विहान विद्यार्थीहरुले पढाई छाडेर क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री र सहायक क्याम्पस प्रमुख ज्ञानराज न्यौपाने बस्ने कुर्ची कार्यकक्षमै गएर बाहिर निकाली जलाएका हुन । शुल्क घटाउन भनी दिएको अल्टिमेटमलाई वेवस्ता गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले कुर्ची जलाएका हुन । शुल्क वृद्धि नघटाए सम्म आन्दोलन जारी रहने अखिल क्रान्तिकारीका अध्यक्ष नारायण खनालले बताए ।


विद्यार्थीले कुनै पुर्व जानकारी नदिईकनै एक्कासी आएर कुर्ची जलाएपछि असुरक्षा भएको भन्दै सुचना टासेर अनिश्चितका लागि पठाई सचालन स्थागित गरेको छ । क्याम्पस प्रमुख क्षेत्रीले विद्यार्थीले गरेको मागलाई सम्बोधन गर्न सचालक समितिसँग छलफल भैरहेको र आज दिउसो विद्यार्थीसँग वार्तामा बस्ने तयरी गरिरहेको बेला आकस्मत विद्यँर्थीले कुर्ची जलाएको बताए ।


 जिल्लाका राजनीतिक दलका प्रमुख पदाधिकारी र सदस्य रहेको सचालन समिति र क्याम्पस प्रमुख र विद्यार्थी सित घटना र शुल्कको विषयमा दिउसो वार्ता बस्ने भनिएपनि दलका नेता नआएकाले विना विकर्ष स्थगित भएको क्षेत्रीले बताए ।

 

(२०६८ पौष ३, आइतवार)


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.