इण्डोनेशियाको जाभा द्धिपमा २ सय ५० भन्दा बढी यात्रु लिएर गइरहेको डुंगा डुब्दा अधिकांश यात्रु हराइरहेका छन् । केही यात्रुलाई जिवितै उद्धार गरिएको छ ।
हराइरहेकाहरुको खोजी कार्य तिब्र बनाइएको अधिकारीहरुले जनाएका छन् । काठबाट बनेको उक्त डुंगा पानीको तिब्र लहरका कारण डुबेको आपतकालीन अधिकारीहरुले जनाएका छन् । अफगानिस्तान, टर्की र इरानबाट आप्रवासीहरुलाई लिएर उक्त डुंगा अष्ट्रेलिया गइरहेको थियो ।
डुंगामा ४० बालबालिका सहित करिब ४ सय सम्म यात्रु हुन सक्ने अनुमान गरिएको छ । डुंगामा क्षमता भन्दा बढी यात्रु राखिएको स्थानिय अधिकारीहरुले जनाएका छन् । इण्डोनिशियाको समुद्री मार्ग हुंदै गैरकानुनी रुपमा विभिन्न मुलुकका आप्रवासीहरु अष्ट्रेलिया जाने गर्छन् ।