थर्ड बिग्रेड, फस्र्ट क्याभलरी डिभिजनका करिब ५०० सैनिक बोकेका करिब ११० गाडी बिहान ७:३८ बजे कुवेतको सीमा प्रवेश गरेका छन् । यसपछि अब अमेरिकी दूतावासमा केही सय सैनिक रहेका छन् । यसअघि इराकमा करिब ५०५ सैनिक केन्द्रमा एक लाख ७० हजार अमेरिकी सैनिक कार्यरत थिए ।
यसले एउटा त्यस्तो युद्ध अन्त्य गरिदिएको छ जसले लाखौँ इराकी नागरिक तथा करिब चार हजार ५०० अमेरिकी सैनिकको जीवन लिएको छ । यसमा धेरै घाइते भएका छन् र करिब १७ लाख ५० हजार इराकी नागरिक विस्थापित भएका छन् । अमेरिकी नेतृत्वमा इराकमाथि भएको हस्तक्षेपले क्रूर जातीय हत्या आरम्भ गराइदिएको छ ।
अमेरिकी सेना लिएर गाडीहरूको अन्तिम समूह बिहान २:३० बजे हालै इराकलाई हस्तान्तरण गरिएको दक्षिणी भागमा रहेको इमाम अली केन्द्रबाट हिडेको थियो भने त्यसले दक्षिणतर्फको कुवेती सीमामा पुग्न ३५० किलोमिटर यात्रा गर्नुपर्थ्यो ।
यस टोलीले प्रायः निर्जन मार्ग तय गर्नुपर्थ्र्यो र अमेरिकी सेनाले यहाँका आदिवासी जनतालाई आफूमाथि आक्रमण हुन नदिन निरीक्षण गर्न रकम तिरेको थियो ।
यसको पाँच घण्टापछि उनीहरू कुवेती सीमामा प्रवेश गरे । उनीहरूले फ्लडलाइट र तारबार बारिएको सीमामा प्रवेश गरेपछि सन्तोषको स्वास लिए । उनीहरूमध्ये केही आफ्नो यो यात्रा ऐतिहासिक भएको कुरा गर्दैथिए ।
अमेरिकी सेना फर्केपछि मुलुक नयाँ राजनीतिक अवरुद्धपनमा फसेको छ । यहाँ सन् २०१० को निर्वाचनमा विजयी हुने इराकिया समूहले सुन्नी अल्पसङ्ख्यकको समर्थन प्राप्त गरेको छ र उसले प्रधानमन्त्री नुरी अल