त्यो बेलामा मण्डलतन्त्र जताततै हाबी थियो
प्रजातन्त्र आएपछि स्वतन्त्रता बढी भयो
अषाढको भेल सरि पार्टी हरुको भेल भयो
भाई भाई बिचमा पनि अलग पार्टी भए
भाषण सुन्न जनताहरु नेता पछि धाए
नेताहरुको भाषण सुनी भोक प्यास मारी
घरका सबै बस्तु भाउ बिल्लीबाठ पारी
भोट मागी जितउनलाई सबै जना जुटे
आपसमा मिलिकन बिपक्षीलाई कुटे
सोझा साझा जनताहरुको दिमागलाई भुटे
जति सक्दो धेरै रकम सक्ने संग लुटे
बिजयको जुलुस लिई नेता पछि लागे
नेता भेट्न गाउँ छोडी शहर सबै भागे
नेतालाई फुर्सद छैन उद्घाटनमा ब्यस्त
जनतालाई दुख मात्रै नेताहरुलाई मस्त
आफ्नो गाउँको नेता भेट्न धेरै कुरी बसे
त्यहिँ बेला नेता गई पजेरोको भित्र पसे
हात हल्लाई वाईवाई भन्दै उनि टाप कसे
कार्यकर्ताहरु सबै जिल्ल नेता डिस्को पसे
प्रजातन्त्र गणतन्त्र सबै भए स्वार्थ तन्त्र
जनताहरुलाई चाहिन्छ नै सच्चा जनतन्त्र
यहिनै हो मेरो दिलको सबैलाई मन्त्र
हैन भने ल्याए हुन्छ त्यहिँ राजतन्त्र