इजरायलले ५ सय ५० जना प्यालेस्टाइनी बन्दीलाई रिहा गरेको छ । रिहालगतै स्वदेश फर्केका बन्दीलाई प्यालेष्टाइनमा भव्य स्वागत गरिएको छ ।
गाजामा कैद गरिएका इजरायली सैनिक गिलाद सलिदको रिहाइको बदलामा इजरायलले एक हजार प्यालेस्टाइनी बन्दी छोड्ने निर्णय गरेको थियो । यसअघि गत अक्टोबरमा ४ सय ४७ प्यालेस्टाइनी बन्दी रिहा गरेको थियो भने यो दोस्रो चरणको यो रिहाइ प्रक्रिया हो ।
गिलाद सलिदलाई सन् २००६ मा हमासका लडाकुले कब्जामा लिएका थिए । इजिप्टको मध्यस्थतामा ५ वर्षदेखि चलेको वार्तामा इजरायल र हमाजबीच बन्दी आदान प्रदानको सम्झौता भएको थियो ।