अर्घाखाँचीमा एकैसाथ ४ लाख कफीका बोट मरे


 

वीरेन्द्र केसी


अर्घाखाँची – सेतो गबारो किराले जिल्लामा एक बर्षभित्रमै ४ लाख कफीका बोट एकैपटक सखाप पारेको छ । यसले अन्न उत्पादन हुने खेतबारी मासेर व्यवासायिक कफी खेतीमा लागेका किसानलाई चिन्तित बनाएको छ ।


जिल्लामा ५ लाख फल दिईरहेका बोटमध्ये एक बर्षको अबधिमा ४ लाख सुकेर नष्ट भएको जिल्ला कफी व्यावसायी संघका उपाध्यक्ष विष्णुप्रसाद भुसालले बताए । उनका अनुसार जोगाउन पहन नभए बाँकी बोट पनि मर्न सक्छन ।


जिल्लाको २२ गाविसका ४३ समुहमार्फत १ हजार १ सय ३५ कृषकका ५ लाख उत्पादित कफीका बोट थिए । नेपालको कफी विदेशमा माग बढिरहेको बेला अन्य पेशा र व्यावसाय छाडेर व्यवासायीक कफी खेतीमा लागेका किसान  जीवन निर्वाह गर्ने आम्दानीको स्रोत सुक्ने चिन्तामा छन । गबारो किराले बोटको डाख्लोको भित्री गुदी खाने र विस्तारै सुक्दै गएर बोट मर्ने कृषकले बताए ।

 

जिल्लामा २०३८ साल देखि कफी खेती शुरु गरेपनि २०५८ सालदेखि व्यावसायिक रुपमा खेती गरिदै आएको छ । कफी उत्पादन हुन थालेपनि २०६० देखी ०६३ सम्म यूएसएडको सहयोगमा उज्यालो कार्यक्रम र २०६३ देखी २०६५ सम्म सीमि नेपाल नामक संस्थाले कृषकलाई कफी खेतीमा सहयोग गर्दा उत्पादनमा वृद्धि हुदै जाँदा कफी कृषक उत्साहित भएपनि ०६५ सालयता कफी खेतीमा लागेका किसानलाई उत्प्रेरणा गर्ने खालको कुनै गैरसरकारी संस्थाले जिल्लामा काम नगरेको र सरकारी निकायबाट गबारो किरा नियन्त्रणमा असहयोग भएकाले एकै पटक यति धेरै संख्यामा कफीका बोट मरेको कृषकको गुनासो छ ।

 



पछिल्लो पटक जिल्लाबाट १३ टन पार्चमेन्ट कफी निर्यात हुँदा ७० लाख रुपैयाँ भित्रिदै आएकोमा अब १ लाख रुपैयाँसमेत भित्रिन मुस्किल परेको संघले जनाएको छ । मैले पनि बल्कोट गाउँको बारी मासेर लगाएका १ हजार बोटबाट ४ वर्षदेखी आम्दानी गरेको थिएु उपाध्याक्ष भुसालले भने ुसबै मरेर नष्ट भए अब ५०,६० बोटमात्रै बाँकी छन । ती पनि सुक्दैछन । उनले बार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका थिए ।  यहाँ उत्पादित कफी गुल्मी सहकारी संस्था मार्फत अमेरिका र काठमाण्डौको हाईल्याण्ड कफी कम्पनीबाट कोरिया र जापानमा निर्यात हुँदै आएको छ ।


ठुलापोखरास्थित मालिका जैविक कफी कृषक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पाण्डेका अनुसार संस्थामा आबद्ध १ सय ५० कृषकका २५ हजारमध्ये २० हजार बोट सुकेर जग्गा खाली भएको छ । चार वर्षसम्म लटरम्मै फल्ने रुख अहिले मरेु पाण्डेले भने ुमेरो पनि १ हजारमा ८ सय बोट मरे ।ु भारतमा नोकरी गर्न नसकेर आफनै देशमा केही गर्छु भनेर गाउँ फर्की १ लाख रुपैयाँ ऋण काढेर कफी खेतीमा लागेका पाण्डे परिवार पाल्ने माध्यम नै हराउने चिन्ताले निकै दुःखी भएका छन । उनले भने ुप्राविधिक ज्ञान रोग र किराबाट कसरी जोगाउने भन्ने ज्ञान नहँदा र सरकारी नियकायबाट सहानुभुती नपाउँदा अहिले विस्थापित हुनुपर्ने अवस्था आयो ।


ठुलापोखरा साना कृषि तथा सहकारी संस्था लिमिटेडका सचिव चन्द्रमणी पाण्डेले कफी खेती गर्न भनि गाउँका केही कृषकले यस सस्थाबाट ५ लाख रुपैयाँ ऋण लगेका थिए । आम्दानी गर्न नपाउँदै बोटै मरेपछि कृषक अलपत्र परेका उनले बताए ।


२०६५ सालमा छिटफुट रुपमा देखा परेको गाबाराले गत वर्ष पुसमा फल टिपेर छाडेपछि विस्तारै सुक्दा जाँदा अहिले सखाप भएको संघको भनाई छ । २० वर्षसम्म उत्पादन दिन कफीका बोट फल दिने देखी असार महिनामा लगाएका विरुवा पनि मरे किमडाँडाका कृषक पुष्करनाथ बाजाडेले भने एकै वर्षमा १ हजार बोट मध्ये ८ सय मरे कफीको वगैचा नै खाली भयो । संघका कोषाध्यक्ष समेत रहेका उनले बारम्बार कृषि कार्यलयमा नियन्त्रणको लागि माग गर्दा कुनै वास्ता गरिएन । गैर सरकारी संस्थाले बाहेक कृषिले केही गरेन उनले भने कृषि कार्यालयका कुनै कर्मचारी कफीका लागि भनेर कुनै कृषकको गाउँमा पाईलासम्म टेकेका छैनन खाली कार्यालयमा बसेर गफ छाटने बाहेक अरु केही काम भएन । जिल्लामा किमडाँडा ठुलापोखरा वाङ्गला बल्कोटमैदान धारापानी पटैती गाविसमा धेरै उत्पादन हुन्थ्यो । वर्षेनी ५० हजार भन्दा बढी विरुवा लगाएका छौ संघका सदस्य चन्द्र प्रसाद बाजाडे भन्छन शुरुमा ५ टनबाट बृद्धि हुदै गयो ०६६ सालदेखि १२