नेटोका आक्रमणमा पाकिस्तानी सेना मारिएको घटनालाई लिएर पाकिस्तानको कराँची शहरमा महिलाहरुले प्रदर्शन

पाकिस्तानमा महिलाहरुद्धारा नेटो बिरुद्ध प्रदर्शन


नेटोका आक्रमणमा पाकिस्तानी सेना मारिएको घटनालाई लिएर पाकिस्तानको कराँची शहरमा महिलाहरुले प्रदर्शन गरेका छन् । पाकिस्तानी पार्टी जमाते इस्लामीको अगुवाईममा भएको प्रदर्शनमा हजारौं महिलाहरुले सहभागीता जनाएका छन् । प्रदर्शनका क्रममा उनीहरुले अमेरिका र नेटोका बिरुद्ध चर्को नारा लगाएका छन् । साथै उनीहरुले अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटोका सेनाहरु तत्काल फिर्ता हुनपर्ने माग अघि सारेका छन् । माग पूरा नभएसम्म आफूहरुको प्रदर्शन जारी रहने उनीहरुको चेतावनी छ । प्रदर्शनलाई ध्यानमा राखी पाकिस्तानभर सुरक्षा ब्यबस्था कडा तुल्याइएको छ । गत केही साताअघी नेटोको आक्रमणमा २४ जना पाकिस्तानी सेना मारिएपछि पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा तिक्तता आएकै बेला भएको यस प्रदर्शनले अमेरिकामाथि थप दबाब परेको छ ।