तिमि त्यति राम्री थिईनौ


– जगत प्रसाद आचार्य

अधिबक्ता, हाल दुबई

 

पहिलो भेटमा तिमि त्यति राम्री थिईनौ  जहिले

जती देख्यो त्यति राम्री लाग्न थाल्यो अहिले !


  बैश छदा कस्ती थियौ देख्या हैन  मैले


 देख्या भए चोरी ल्याउथे त्यसै बेला मैले !!


 


अब पनी चोरु  भने मार्लान तिम्रा पोइले


चोरी गर्नु महा पाप हो   बुझेको  छु मैले !


त्यै भएर चोर्न लाई हिम्मत छैन अहिले


त्यसले त बसेकोछु आत्मा जलाई जहिले !!


 


त्यसै गुनगान गाएको हैन तिम्रो बारे मैले


जस्तो देख्छु उस्तै भन्छु नरिसाउनु जहिले  !


सम्झी दिए पुग्छ मलाई नभेटेनी  कहिले


तिम्रो बर्णन गर्नलाई नै  कवि भएछु अहिले !!!