अमेरिकाले बर्ड फ्लुको विवाददास्पद शोधपत्रका तथ्यहरु आतंकवादी गतिविधिमा प्रयोग हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । शोधपत्रमा बर्ड फ्लु एच वन एन वन भाइरसबारे नयाँ खोज गरिएको हो । जसमा बर्ड फ्लु भाइरसको एक प्रकार जनावरहरुमा पहिला भन्दा छिटो फैलन सक्ने उल्लेख गरिएको छ ।
हालसम्म बर्ड फ्लु संक्रमणको दायरा सिमित रहेको र यसले मानिसलाई छिटो असर नगर्ने मानिंदै आएको थियो । अमेरिकाको नेशनल साइन्स एडभाइजरी वोर्ड फर वायोसेक्युरिटीले अमेरिकी सरकारलाई कुनै पनि चरमपन्थी समुहले उक्त जानकारीको गलत प्रयोग गर्न सक्ने जानकारी दिएको थियो ।
यो संस्थाले बर्ड फ्लुको भाइरसमा आएको परिवर्तनको अर्थ बर्ड फ्लु मानिसको लागि थप खतरा हुने जनाएको छ । लगत्तै अमेरिकाले शोधपत्र तयार गर्ने वैज्ञानिकहरुलाई बर्ड फ्लुको भाइरसबारे नयां संवेदनशील तथ्य आतंकवादीहरुले प्रयोग गर्न सक्ने भन्दै हटाउन भनेको छ ।
यो शोध साइन्स र नेचर पत्रिकामा प्रकाशित गरिंदै थियो । यो चिन्तासंगै शोधपत्र लेख्ने दुई वैज्ञानिक शोधको केही भाग हटाउन सहमत भएको बताइएको छ ।