विश्व आर्थिक मन्दीले गुज्रीरहेका बेला युरोपको केन्द्रीय बैंकले तीन वर्षका लागि सस्तो दरमा ऋण दिने योजना ल्याएको छ । सस्तो दरमा असीमित ऋण दिने घोषणा गरेपछि युरोपका सयौं बैंकले ऋणका लागि निवेदन दिएका छन् ।
ऋणप्रतिको माग केन्द्रीय बैंकले आंकलन गरेभन्दा बढी रहेको बताइएको छ । यो ऋणबाट बैंकले सरकारी ब्राण्ड किन्ने र ग्राहकलाई ऋण उपलब्ध गराउने उद्देश्य रहेको छ । युरोपीय बैंकको यस कदमलाई राम्रो मानिए पनि युरोजोनलाई ऋण संकटबाट जुध्न त्यति सजिलो नहुने बताइएको छ ।