सिमलपानीमा बिद्युतीकरणको समुद्घाटन गर्दै मन्त्रि रायमाझीद्धारा बर्तमान सरकारलेनै शान्ती प्रकृयालाई निस्कर्षमा पुराउने दाबी


 

– प्रेमनारायण आचार्य


अर्घाखाँची ७ पौस  । स्थानीय बिकास मन्त्रि तथा एकिकृत नेकपा माओवादीका स्थायी कमिटि सदस्य टोपबहादुर रायमाझीले बर्तमान सरकारलेनै शान्ती प्रकृयालाई निस्कर्षमा पुराउने दाबी गर्नु भएको छ । 


अर्घाखाँचीको कर्याली भनेर चिनिने सिमलपानी गाविसमा  सामुदायीक बिद्युतीकरणको समुद्घाटन गर्दै  मन्त्रि रायमाझीले  यो सरकारले शान्ति र संबिधान निर्माण निस्कर्षमा पुराउने दाबी गर्दै यो सरकारको मिसन शान्ति र संबिधान निर्माण भएको बताउनु भयो । 

 



सामुदायीक बिद्युतीकरणको ४७ लाखको लागतमा सम्पन्न  बिद्युतीकरणबाट सिमलपानी गाविसका ५ र ९ वाडका झण्डै दुईसय घरपरिबार लाभान्वीत भएका छन् ।


उहाले अहिले जनताले सरकार राजनितिक दल र नेता प्रति आक्रोस अबिस्वास र बिरोध मात्रै गरिरहेको बताउदै   उहाले समयमा संबिधान निर्माण गर्न र शान्ती प्रकृया निस्कर्षमा पुराउन नसकेकाले राजनितिक दल र नेता प्रतिको बिश्वास गुमेको बताउनु भयो ।

 



नेता  रायमाझिले अर्घाखाँचीलाई सालझण्डी सन्धिखर्क ढोरपाटन सडक र पोखरा रिडी सुर्खेत सडकले फाईदा तथा रहात पुग्ग्ने  बताउनु भयो । उहाले अर्घाखाँचीमा कृषि र पर्यटनका क्षेत्रमा नँया योजना ल्याउने तयारी भैरहेको बताउनु भएको छ ।

 



कार्यक्रममा माओबादीका केन्द्यि सल्लाहकार राजु नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य एमालेका जिल्ला अध्यक्ष रामजीप्रसाद घिमिरे बिद्युत प्राधीकरणका हरिप्रसाद पाण्डे लगायतले मन्तब्य राखेका थिए ।

 

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.