खाँचीकोटमा खानेपानीको उदघाटन गर्दै मन्त्री रायमाझीद्धारा बाबुराम नेतृत्व सरकारले शान्ति र संविधान पुरा गर्ने दावी


 

– वीरेन्द्र केसी

 

अर्घाखाँची – स्थानीय विकास मन्त्री एवं माओवादी स्थायी समिति सदस्य टोप बहादुर रायमाझीलॆ बाबुराम भटटराई नेतृत्वको सरकारले शान्ति र संविधान पुरा गर्ने दावी गरेका छन । उनले बाबुरामको नेतृत्वमा शान्ति र संविधानका लागि राष्टिय सहमतीको सरकार बन्ने र ५ महिना भित्र शान्ति र संविधानका सबै काम पुरा हुने दावी समेत गरे ।

 


 

खाँचीकोट गाविसको शौरखा खानेपानी तथा सरसफाई योजनाको उदघाटन गर्दै रायमाझीले शान्ति रसंविधानका काम पुरा गर्नको लागि बाबुरामको विकल्प नभएकोले सबै दलहरु एकढिक्का भएर अघि बढनुपर्ने बेला आएको बताए । उनले देशमा अब आर्थिक क्रान्ति विना परिवर्तन संभव नभएको बताउँदै कृषि र पर्यटनलाई ध्यान दिनुपर्ने बताए ।

 



कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे स्थानीय विकास अधिकारी पुष्यविक्रम पौडेल माओवादीका जिल्ला ईन्चार्ज चन्द्र बहादुर खडका काग्रेसका सभापति कमलप्रसाद भुसाल सचिव बासुदेव आचार्य एमालेका सचिवालय सदस्य रामबहादुर चौहान रेडा पाल्पाका संयोजक लिला कार्की जिल्ला संयोजक सुर्य केसी रेडका प्रकाश आचार्य पत्रकार मेहर सिंह केसी वीरेन्द्र केसी गणेश खनाल अशोक खनाल सहयोगी विसी खाँचीकोट काग्रेस सभापति विष्णुप्रसाद भुसाल एकीकृत क्रान्तिकारीका सचिव पदम केसी लगायतको उपस्थिति थियो ।

 


 

फनवोर्डको आर्थिक सहयोग रेडा पाल्पाको प्राविधिक सहयोग र स्थानीय जनश्रमदान गरि २३ लाख १ हजार ९ सय ७१ रुपैयाँको लागनीका खानेपानी योजना सम्पन्न भएको छ । उक्त खानेपानीबाट खाँचीकोटका १ सय ३७ घरदुरी लाभाविन्त भएका छन । गाउँमा खानेपानी आएपछि गाउलेमा खुसीयाली छाएको छ ।

 




 

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.