फेसबूकमा अर्घाखाँचीडट्कमको अर्घाखाँचीबासी सँग गफगाफ

– रमेश थापा ।

 

अर्घाखाँचीडट्कम सँग अर्घाखाँची ढिकुरा ८ गोउचौर घर भएका नारायण गिरीले १० मिनेटको समय दिएर कुरा गरेका थिए। साँझको कतारको समय अनुसार करिव ११:१५ बाट कुरा गरेका उनी कतारमा आएको १४ महिना भएको बताए।

 


नारायण गिरी। तस्बिर: फेसबूक

 

नेपालमा आमा बुवा ५ भाई एवम ३ बहिनी छन भनेर बताउने उनले दोहा एअरपोर्टमा सुपरभाइजरको रुपमा काम गर्ने बताए। महिनाको २० हजार नेपाली कमाउने उनले आफ्नो दाजुको सहयोगमा कतारमा कामको लागि आएको बताए।  उनले काम गरेर कमाएको पैसा खानपिन मै ठीक्क हुने र कहिले काही थोरै धेरै घर पनि पठाउने बताए।

 

हामीले सोधेका अनेकौ प्रर्श्नहरुको खुलेर उतर नदिएका गिरीले १० कक्षा सम्म पढेको बताए। र पैसा कमाउने आशामा कतार आएका गिरी अबको दश महिनामा नेपाल फर्कने भएका छन भने नेपाल फर्केपछी आफ्नो भविष्यको बारेमा कुनै योजना नबनाएको बताए। उता फेसबूकमा मस्त च्याट गर्दै बसेका उनी बिहान ५ बजे काम गर्न जानुछ भन्दै विदा भए।

 

यसैक्रममा अर्का अर्घाखाँची जिल्लाको ढाकावाङ ८ अंमलाचौर घर बताउने कृष्ण भुसाल पनि आफु सन ११९६ मा दुबई आएको र एक स्थानिय एक्स्चेन्ज कम्पनीमा काम गर्ने बताए।

 

३३ बर्ष उमेर बताउने उनले उक्त कम्पनीमा राम्रो कमाइ हुने बताए,, — – उनले आफ्नो देशमा काम गर्ने बातावरण बनेमा भविष्यमा नेपाल फर्केर केही गर्ने बताए। साथै देश रहला नरहला केही ठेगाना छैन, नेपाललाई बाजेको सम्पत्ति जस्तो गरेर भाग बढदै छन भनेर दु:ख व्यक्त समेत गरे।

 


कृष्ण भुसाल । तस्बिर: फेसबूक

 

साथै सबैलाई हामी नेपाली हौ भन्न सक्नु पर्‍यो अनी त्यसपछी जात-भात, क्षेत्रका कुरा गरौ, त्यसैले अखण्ड नेपालको कल्पना गरौ सबैले…. भनेर बताए। साथै फेसबूकमा च्याट गफगाफमा व्यस्त उनी नेपालको खवरको हेर्न- पढन अर्घाखाँचीडट्कम नियमित हेर्ने बताए।

 

यसैगरी अर्घाखाँची गच्छेगैरा घर भएका राम कुमार छेत्रीले साउदी अरेबियाको रियाद आएको १ वर्ष भएको बताए। १ लाख तिरेर दाम कमाउन साउदी आएका उनी त्यहाँको एक पाच तारे होटलको रेष्टुरेन्टमा वेटरको काम गर्ने बताए पनि टाईम पास गर्न आएको महसुस भएको बताए।

 


राम कुमार छेत्री। तस्बिर: फेसबूक

 

२४ बर्षे उमेर बताउने उनले एस.एल.सी पास पछी पैसा कमाउने रहरले त्यहाँ आएको समेत बताए। साथै समय – समयमा आफ्नो घर परिवारलाई सक्दो पैसा पठाउने उनले १ वर्ष पछी नेपाल फर्कने बताउदै उनी समय अभाव भयो भन्दै विदा भए।

 

यसैक्रममा अर्घा धरमपानी घर भएका वीर बहादुर गन्धर्व, बर्ष २१, कतारको दोहामा काम गर्ने बताए। १ बर्ष अघी कतारमा आएका उनी दोहाको एक पसलमा मर्केटिङ काम गर्ने र २० हजार नेपाली रुपैया जती मार्शिक कमाइ हुने बताए। 

 


वीर बहादुर गन्धर्व। तस्बिर: फेसबूक

 

घरको कमजोर आर्थिक स्थितले एस.एल.सी पास गरेर  पनि अगाडि पढन नपाउदा दुखित भएका उनी अबको २ वर्षमा नेपाल फर्कने बताए। नेपालमा उनका ६ जना परिवार सदस्य छन। साथै फेसबूक च्याटबाट कुराकानी हुँदै गर्दा उनी एकास्सी हराए।

 






Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.