विजुली बलेपछि गाउँले दङ्ग,विधुत्त प्राधिकरणद्धारा शिविर नै चलाएर मिटर वितरण

गणेश खनाल/ यूएई डेस्क सहयोगी


अर्घाखाँची पौष ९ गते ।  अर्घाखाँचीको विकट गाउ सिमलपानीमा पहिलो पटक विजुली बलेपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् । अध्यारोमा टुकीको भरमा चल्दै आएका सिमलपानी वाड नम्वर ५ र ९ का स्थानीय बासिन्दाहरु विजुलीको माध्यमबाट २४ सै घण्टामा उज्यालोमा बस्न पाएपछि दङ्ग परेका हुन् ।


गाउँमा विजुली आएपछि गाउँलेहरुले झाईझाई बाजागाजा र भोज भतेर गरेर नाचगान गरेका थिए । गाउँमा विजुली बत्ति आउला भनेर कल्पना समेत नगरेका स्थानीय बासिन्दाले आफनै गाउँमा शिविर नै चलाएर नेपाल विधुत्त प्रँधिकरणले मिटर बक्स उपलव्ध गराएपछि निकै खुसी भएका थिए ।


गाउँमा विजुली आउदा भनेर मैले सपना पनि देखेका पनि थिएन्,तर लाईन आयो म एकदमै खुसी छु सिमलपानी ९ का ८७ वषिर्य बयोबृद्ध कुल प्रसाद भट्टर्राईले भन्नुभयो । विजुली त आयो तर मिटर ल्याउन जान धेरै पैसा खर्च गर्नु पथ्यो, घरमै आएर विद्युत्त कार्यालयले मिटर उपलव्ध गराएपछि भने निकै खुसी देखीएका थिए ।


सिमलपानीबाट मिटरका लागी सन्धिर्खक जादा दर्ुइ हजार पच्चिस सय खर्च हुने थियो,तर विद्युत्त प्रँधिकरणले शिविर नै ल्याएर गाउलेको झन्डै आउदा जादा १५० घर परिवार ३ लाख भन्दा बढी रकम जोगादिएकोमा स्थानीय उपभोताले विद्युत्त प्राधिकरणलाई सम्मान गरेका थिए ।

 

Photo8

विद्युत्त प्रँधिकरणले घुम्ती सेवा अर्न्तर्गत १ सय ५० घर परिवालाई मिटर बक्स उपलव्ध गराएको जिल्ला विद्युत्त प्रधिकरण अर्घाखाँची शाखा प्रमुख हरि प्रसाद पाण्डेले बताउनुभयो । साथै राज्यले दलितका लागी निशुल्क मिटर उपलव्ध गराउन भने अनुसार प्रक्रिया पुर्‍याएर आएका दई दलितलाई निशुल्क रुपमा मिटर उपलव्ध गारएको पाण्डेको भनाई छ ।


नेपालमै घुम्ती शिविर चलाएर सेवा उपलव्ध गरँएको यो नै पहिलो घटना भएको प्रँविधिक पदम भुसालले जानाकारी दिनुभयो । जनतालाई आवश्यकता परे १ सय भन्दा बढी उपभोत्ताले निवेदन दिए आफुहरुले शिविर चलाएर सेवा दिने भुसालको भनाई छ ।


गाउँ विकास समितीको २४ लाख,सामुदायिक वन उपभौत्ता समितीको २२ लाख गरि कुल ४६ लाखको लागतमा गाउँमा विधुत्त पुर्‍याइएको उपभोत्ता समितीका अध्यक्ष्ँ टिका रेस्मीले बताउनुभयो । ठेकदार दिपक कार्कीले निधारित समय भन्दा २ महिना अगाडी नै आफना काम सकेकाले स्थानीय बासिन्दाले विजुली बाल्न पाएका हुन् ।

 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.