काग्रेस अर्घाखाँची क्षेत्र नं.२ को क्षेत्रिय प्रशिक्षण, पुष्पा भुसालद्धारा विप्पा सम्झौता सत्ता टिकाउनका लागि भएको आरोप


सभासद पुष्पा भुसाल।

 

– वीरेन्द्र केसी


अर्घाखाँची ।  नेपाली काग्रेसकी केन्द्रिय सदस्य एवं क्षेत्र नं.२ की सभासद पुष्पा भुसालले प्रधानमन्त्री बाबुराम भटटराईले गरेको विप्पा सम्झौता नेपालमा लगानी प्रवद्धन गर्न नभई भारतलाई खुसी पार्न र सत्तामा रहिरहनेको लागि भएको आरोप लगाएकी छिन । 

 
नेपाली काग्रेस क्षेत्र नं.२ को क्षेत्रिय प्रशिक्षणको उदघाटन गर्दै भुसालले बाबुराम नेतृत्व सरकारले जनताले चाहे जस्तो काम गर्न नसकेको बताईन । उनले आफना कार्यकर्ता चितवन तरुण दल अध्यक्ष शिव पौडेललाई जेलभित्रै आक्रमणले सरकार जनताको शान्ति सुरक्षामा पनि कमजोर रहेको बताईन ।

 
उदघाटन कार्यक्रममा जिल्ला सभापति कमल प्रसाद भुसाल सचिव वासुदेव आचार्य पुर्व सभापति पिताम्बर भुसाल जिल्ला सदस्य एवं प्रभावशाली नेता विष्णु मुस्कान महासमिति सदस्य श्यामनाथ काश्यव क्षेत्र नं.१ का क्षेत्रिय सभापति चन्द्रमणी पाण्डे लगायत काग्रेसका जिल्ला सदस्य क्षेत्र र गाउँ नेता तथा सभापति भातृ संगठन गरि २६ जनाले मन्तव्य व्यक्त गरेका थिए ।

 

कार्यक्रममा नेपाली काग्रेस अर्घाखाँचीका सभापति कमलप्रसाद भुसालले बिकासकालागि सबै हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए । उनले काग्रेसको संगठन बिस्तारका लागि सबै कि्रयासिल सदस्यले समय दिनु पर्ने बताए । नेता भुसालले सबै वाड वाडमा काग्रेस र भातृसंगठनको गठन तथा पनर्गठन गर्न निर्देसन दिए । भुसालले बिकास निर्माणमा सबै चनाखो हुनु पर्ने बताए ।

कार्यक्रममा मन्तब्य राख्दै काग्रेसका जिल्ला सचिब बासुदेब आचार्यले गाँउ परिसदमा शसक्त ढंगले अगाडी बढ्न गाँउ सभापतिहरुलाई आग्रह गर्दै सहमति र सहकार्य गरेर पाटी अगाडी बढिरहेको बताउदै पाटी भित्र कुनै गुट उपगुट नहुने बताए ।


कार्यक्रममा काग्रेसका पुर्ब जिल्ला सभापति पिताम्बर शर्माले पाटीलाई एक जुट बनाएर अगाडी बढाउन आग्रह गर्दै पाटीलाई शसक्त रुपमा अगाडी बढाउनु पर्ने बताए । कार्यक्रममा पुर्ब जिल्ला उप सभापति बिष्णुप्रसाद खनाल मुस्कानले सहमति र सहकार्यको बिकल्प नभएको बताउदै अर्घाखाँचीको बिकास निर्माणमा नेपाली काग्रेसको भुमिका पहिलो रहेको बताए ।

 

 

प्रशिक्षणमा क्षेत्र नं. २ का गाउँ सभापति सचिव र प्रतिनिधि सहभागी भएका छन । प्रशिक्षणका लागि आईतवार काग्रेस केन्द्रिय सदस्य नरहरि आचार्य लगायतका नेता सन्धिखर्क आउने कार्यक्रम रहेको काग्रेसले जनाएको छ ।


उदघाटन कार्यक्रम क्षेत्रिय सभापति मणिराम पौडेलको अध्यक्षता र सचिव हेमन्त वेल्वासेको साचालनमा सम्पन्न भएको थियो । प्रशिक्षक शनिवार र आईतवार दुई दिन चल्नेछ । यस अघि क्षेत्र नं. १ ले यस्तै प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

 

( Prem Narayan Acharya in Arghakhanchi contributed to this report)

 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अन्य समाचारहरु