हाइटी, १० पुस क्युवाको पूर्वी तटमा डुंगा डुब्दा हाइटीका ३८ आप्रवासीहरुको मृत्यु भएको छ । क्युवाको एक टिभीले जनाए अनुसार सोही डुंगामा रहेका ८७ जालाई सकुशल उद्धार गरिएको छ । दुर्घटना भएको डुंगा समुद्री किनारबाट सय मिटर पर पाइएको थियो । दुर्घटनामा परेका संभावित अरु जीवीत सवारहरुको खोजी कार्य अझै जारी छ । यसअघि सन् २००७ मा ब्रिटिस उपनिवेश रहेको टर्कस् एण्ड काइकोसमा १ सय ५० यात्रु बोकेको डुंगा डुब्दा ६१ हाइटियन अप्रवासीहरुको मृत्यु भएको थियो ।