धनबिर राई आज किङ्कर्तब्यबिमूढ बनेर टोल्हाई रहेछ खाडी मुलुकको हस्पिटलको ओछ्यानमा । हरि दाहाल,अमरे बिश्वकर्मा,तिर्थ भन्डारी र जनक राजबंशी उस्का वरिपरि उभिएर उसलाई आस्वशनरुपी आँखाहरूले हेरिरहेका छन् । उ बिगत घटना सम्झिरहेछ । उस्ले काम गरेको कारखानामा अरु धेरै देशका युवकहरू काम गर्दथे । सबै देशका युवाहरू म आफै सर्वे सर्वा भन्ने ठान्दथे । धने त झन् नेपालमा छोईनसक्नु थिए । खाली जातीय भेदभावकै कुरा गरेर हिंड्दथे । उक्त ठाउँमा पनि उ प्राय एक्लै नै हुन्थ्यो। अरु नेपाली साथीहरूलाई पनि उस्ले गन्ती गर्दैनथ्यो । भनुँ, उसलाई नेपाली पनि अरु थरी मन पर्दैनथ्यो । हरि दाहाल अलिकति आफूलाई बाहुनबादकै पक्षमा ढाल्न चाहन्थ्यो । बाँकी रहे तिर्थ,अमरे र जनक उनिहरु भने जातभातका कुराबाट पर रहेर हामी सबै नेपाली हौं भन्ने भावना राख्दथे । एक दिन उक्त कम्पनिमा ईराकीहरूले नेपालीहरूलाई आक्रमण गरे ।
निहुँ भने धनेबाटै उब्जिएको थियो । उस्ले आफ्नै नेपाली साथीहरूलाई झैँ ती ईराकी युवकहरूलाई पनि बडो फुर्ती र बलको तुजुक देखाउँदै रुष्ट ब्यवहार गर्यो । उस्को रुष्ट ब्यवहारबाट ती ईराकी युवकहरू पनि अझ क्रोधित बनेर धनेमाथी २/४ जना नै खनिए र दिनु सम्म धुलाई दिए । यस्तो स्थितिमा धनबिर अर्धमुर्छित बने । उस्ले आफ्ना ती साथीहरूलाई गुहार माँग्न पनि सकेन । उस्ले पिटाई खाइरहेकै थियो । अनायस त्यो द्रिश्य अमरे बिश्वकर्माले देख्यो र उस्ले अरु आफ्ना साथीहरूलाई गुहार्यो । सबैजना अत्तालिँदै उक्त स्थानमा आए ।
धनेको त्यो दुर्दशा देखेर हरिले प्याच्च भनि हाल्यो “खुब बलको तुजुक देखाउँछ । हामी बहादुर जात भन्छ । देख्यो त अरुको त बल र बहादुरीपन देखेकै रैनछ । ” बिचैमा अमरेले भन्यो “हो,हो तँपाई पनि कँहा कम हुनुहुन्छ र ?जात र बर्ग छुट्ट्याउँन तँपाई बाहुन दाहाल ज्युलाई पनि कस्ले भेट्ने र ?दुवै जना आडम्बरी र अभिमानी हुनुहुन्छ आ -आफ्नो जात र अहंकारमा ।”यत्तिकै बिचमा तिर्थ भन्डारीले आपत्ति जनाउँदै अत्तालिएको आवाजमा भन्यो । “यँहा पनि अब नेपालमै जस्तै जातभातको सिमा रेखा कोरेर “नेपाली” जातलाई नै किन बदनाम गर्छौ ?यो बेला जातभात र पुरानो कुरा सम्झेर ईखको भावना राख्ने बेला होईन । बरु चाँडै गरेर धनेलाई हस्पिटल लैजाउँ ।”यती हुँदा हुँदै पनि अझै २/३ जना ईराकीहरू धनेमाथी आईलाग्न आँउछन् । तिर्थ,जनक र अमरेलाई अत्ती हुन्छ र उनिहरु पनि जाईलाग्छन् ईराकिहरुमाथी । यता हरिले भने धनेलाई छेकेर सुरक्षा दिईरहेको हुन्छ ।
ईराकीहरू पनि उनिहरुको प्रहारबाट अलिक बिचलित हुन्छन् र जिल्ल पर्छन् किनकी ईराकीहरूले ती नेपालीहरूको मनपेट पाईसकेका थिए की नेपालीहरूमा धेरै जातजाति भएर एकार्कामा मेलमिलाप हुँनन् । उनिहरुमा एकता हुँदैन भन्ने भावनाले तिनीहरूले धनेलाई हेपेर नै आक्रमण गरेका थिए र धने लगायत ती सबै नेपालीहरूको आनिबानी र मिलाप कस्तो छ ?भन्ने उनिहरुलाई ज्ञात थियो र त तिनीहरूले त्यसरी सजिलै हेप्न सकेर जाईलागेका थिए तर जब ती तीन नेपाली युवकहरूले पनि आफ्नो साथीलाई बँचाउन बाघ झैँ हृसंक बनेर उनिहरुमाथी जाईलाग्दा नेपालीहरूको वास्तविक तागत र एकता देखेर उनिहरु भागेकाथिए ।
उनिहरुले त्यो समयमा धनेलाई बडो आत्मियताको साथ हस्पिटल लगेर राखेका थिए । धने बल्ल बल्ल तग्रिँदैछ । उस्का साथीहरुको मदत र उप्रतीको सद्भाव देखेर उ नतमस्तक छ। उस्ले बार बार सम्झिरहेछ यदि मेरा यी नेपाली साथीहरू नभए आज म यो मरुभुमीको लाश बन्ने थिएँ । बिगतमा मैले यिनीहरूलाई कहिल्यै राम्रो ब्यवहार गरिनँ । सधैं जात र भेद्भावमा नै अल्झिरहें । आखिर जँहा भए पनि जता गए नी परिवार भनेको परिवार नै रहेछ । जति जस्को मनमा निल्काँढा गढेनी मर्दा र पर्दा त त्यो काँढाको घोँचाइ पनि बिर्संदो रहेछ। आज जसरी मेरा साथीहरूले मेरो बिझाईलाई बिर्सिएर मलाई नयाँ जीवन दिए । हो आफ्नै आँगनमा भईन्जेल सम्म मात्र आफ्नो परिवार धेर हुने रैछ जब परदेश लागिन्छ अनि त को राई?को लिम्बू?को बाहुन ?को के? को के ?????????? यस्तै सोंचमा धने मग्न हुन्छ । उस्को मौनता देखेर हरिले धनेको काँधमा हात राख्दै भन्छ । “धने के सम्झिँदै छौ ? अब पिर नगर । जे हुनु भईगयो । यी सब हुनुमा हाम्रै गल्ति छ। सधैं हामी एकापसमा मनमुटावमा नै रहन्थ्यौँ । कहिल्यै हामीले एकताको भावना जगाएनौं अरु बिदेशी सामु । एकदिन त एउटा ईराकीले मलाई सोधेको पनि थियो ।
तिमीहरू सबै नेपाली नै हो त ? भनेर । मैले हो,हामी सबै नेपाली नै हौं त । किन तँलाई त्यस्तो लाग्दैन ?भनेर सोद्धा त्यसले हँस्सिमा उडाउंदै भनेथ्यो “अनि तिमीहरूको एकार्काको ब्यवहार नै त्यस्तै छ त्यसैले मैले यस्तो प्रश्न गरेको नी”। भनेर मलाई नाजवाफ बनायो । त्यसैले अब हामीले यहि घटनाबाट सिक्नु पर्दछ की जहाँ रहेपनि हामी एक भएर हामी नेपाली जाति हौं । बस अरु हाम्रो कुनै जात छैन भन्ने भावना हामीले राख्नु पर्दछ ।
हामीमा यहि कम्जोरपन सधैं भएमा हामीलाई अरुले यसरी नै हेप्नेछ । बिचैमा अमरेले थप्यो। ” हरिको घैँटोमा बल्ल घाम लागेछ । अब त फुर्तीको कुरा गर्दैनौ होला नी ? बाहुन र छेत्री भनेर ????????” यसरी यी प्रवासी युवाहरू पस्चतापको आगोमा सल्किरहेका थिए । डा.आएर सबैलाई बाहिर जाने आदेश दिए । धने निरीह बनेर साथीहरू बाहिरिएको हेर्दै आफ्नो चोट लागेका अंगहरू एक एक गरेर डा.लाई देखाउँदै मायालु मुहार बनाँएर शिथिल शरीर सकी नसकी ओछ्यानमा पल्टाउँछ ।