सरकार ढलाउने पक्षमा काग्रेस छैन : आचार्य ( ३ फरक फरक समाचार सामाग्री )

सरकार ढलाउने पक्षमा काग्रेस छैन : आचार्य ( एउटै कार्यक्रमका ३ फरक फरक समाचार सामाग्री )


– प्रेमनारायण आचार्य

यूएई डेस्क सहयोगी

 

१० पौस – नेपाली काग्रेसका केन्द्रिय सदस्य नरहरी आचार्यले सरकारको बारेमा माओबादीको आधिकारिक धारणा आउनु पर्ने बताउनु भएको छ । उहाले बर्तमान सरकार ढलाउने पक्षमा काग्रेस , एमाले नभएर माओबादी आफै भएको पनि दाबी गर्नु भयो ।

 


 

नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा आज बिहान गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता आचार्यले सरकारको बिरोध काग्रेस एमालेबाट नभएर माओबादी भित्रबाटै आएकाले सरकारको निर्धारक माओबादी भएको दाबी गर्नु भएको छ ।

 


 

उहाले काग्रेसको नेतृत्वमा सरकार बने काग्रेसले संसदीय दलका नेता रामचन्द्र पौडेलनै बिधान बमोजिम सरकारमा जाने बताउनु भयो ।माओबादीले जग्गा फिर्ता गर्ने कुरा नउठाएकाले काग्रेसले जग्गा फिर्ता, शान्ती र लोकतान्त्रिक संबिधानलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भयो ।

 

उहाले सेनामा समायोजन गर्ने बिषयमा पुनर्बिचार गर्नु पर्ने बताउदै काग्रेसको आन्तरिक ब्यबस्थापन नमिलेकाले पाटी भित्र गुट हरु सिर्जना भएको बताउनु भयो ।

 


 

राजनितिक दलहरुको आपसी खिचातानीले संबिधान निर्माण कार्य ओझेलमा परेको बताउनु भएको छ ।
 
उहाले सहमति र सहकार्यको बिक्ल्प नभएको,नेपालका प्रमुख दलहरु भित्र गुट उपगुट ब्यापक रुपमा हाबी भएकोले संबिभान निर्माण ओझेलमा परेको बताउदै नँया सबिधानमा सबै समुदायका भाबना समेट्न आफुहरुले पहल गरिरहेको बताउनु भयो ।

 


 

उहाले  राजनितिक दलहरुले ब्यक्तिगत स्वार्थ र राजनितिक स्वार्थ त्यागेर जनतालाई जनमुखी लोकतान्त्रिक संबिधान दिनु पर्ने बताउनु भयो । पाटीलाई एक जुट बनाएर अगाडी बढाउन आग्रह गर्दै  पाटीलाई शसक्त रुपमा अगाडी बढाउनु पनेृ बताउनु भयो।

 


 

पत्रकार सम्मेलन प्रेस युनियनका जिल्ला अध्यक्ष सुर्य प्रसाद भुसालको अध्यक्षता,सचिब नेत्रप्रसाद मरासिनिको संचालन र केन्द्रिय पार्सद प्रेमनारायण आचार्यको स्वागत मन्तब्यमा सम्पन्न भएको हो।

बर्तमान सरकार विघटन नहुने काग्रेस नेता आर्चायको भनाई


गणेश खनाल
यूएई डेस्क सहयोगी – अर्घाखाँची


नेपाली काग्रेसका केन्द्रिय सदस्य नरहरि आर्चायले बर्तमान सरकार विघटन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन अर्घाखाँचीले आईतवार सन्धिर्खकमा आयोजना  गरेको प्रत्राकार सम्ममा बोल्दै नेता आर्चायले काग्रेसको प्राथमिकता सरकार भन्दा शान्ति र सविधान भएको बताउनुभएको छ ।


शान्ति र सविधान निर्कषमा नपुजेन्जले काग्रेस सरकार बेरवदलमा नलाग्ने स्पष्ट पादै भट्टर्राई नेतृत्वको सरकारले शान्ति र सविधानलाई प्रँथमिकता दिएकाले बर्तमान सरकार विघटन नहुने बताउनुभएको हो । राष्टिय निकासका लागी दलहरु विच राम्रो सम्बन्ध रहेको उहाको भनाई छ ।


पत्रकार सोधेको एक जिज्ञासामा नेता आर्चायले नेपाली काग्रेसको विधि अनुसार नै संसदिय दल को नेता प्रधानमन्त्रि हुने भएपनि अहिले सरकार फेरवलदको कुनै सम्भावना नभएकाले यो विषयमा वहस गर्नु आवश्यक नभएको धारणा राख्नुभयो । पाटी भित्रको विवाद कुनै सैद्धान्तिक,राजनिती र बैचारीक रुपले नभएकोले छिट्टै टुङ्गगोमा पुग्ने दावी समेत गर्नुभयो ।



सविधान लेखनको काम आसा लाग्ने तरिकाले अगाडी बढेको बताउदै सबै दलले आउने चुनौतीलाई पार गरे देशले निकास पाउने बताउनभएको छ । राजनैतिक सहमति अनुसार घर जग्गा कव्जा लगाएतका काम अगाडी बढे पनि सोचे अनुसार गति लिन नसकेका भन्दै तिब्रता दिन सरकारलाई आग्रह गर्नुभयो ।

 

 

सरकार माओवादीकै कारण ढल्छ :आचार्य

हरि प्रसाद भुसाल


नेपाली काँग्रेसका नेता नरहरी आचार्यले बर्तमान सरकार माओवादीकै कारण ढल्ने दावी गरेका छन् । माओवादीभित्र रहेको अन्तरसंर्घष्ाका कारण माओवादी अध्यक्ष प्रचण्ड समेत कमजोर वन्दै गएको उल्लेख गर्दे नेता आचार्यले नेपाली काँग्रेसले नचाहेपनि वर्तमान सरकार ढल्ने दावी गरेका छन् ।


नेपाल प्रेस युनियन अर्घाखाँचीले आइतवार जिल्लाको सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनकमा वोल्दै नेता आचार्यले उक्त दावी गरेका हुन ।


नेपाली काँग्रेस सरकारको नेतृत्व गर्ने मनसायमा नरहेको प्रष्ट पार्दै आचार्यले नेतृत्व गर्नैपर्ने अवस्था आए काँगे्रसले जिम्मेवारीताका साथ देशलाई अगाडी वढाउने र त्यस्तो सरकारको नेतृत्व रामचन्द्र पौडेलले गर्ने उनले बताए । “यस्तो अवस्थामा सरकारको नेतृत्व संसदीय दलका नेताको हैसियतले रामचन्द्र पौडेलले गर्नुहुनेछ ।” आचार्यले भने ।


आन्तरिक व्यवस्थापन सुल्झाउन नसकेका कारण पाटी अन्तरविरोध जन्मिएको वताउदै नेता नेपाली काँगे्रसभित्र कुनै गुट उपगुट नरहेको स्पष्ट पारे । नेपाल सांस्कृतिक संघ, अर्घाखाँचीले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्न नेता आचार्य सहितका नेताहरु अर्घाखाँची आएका छन् ।



Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.