– राजु खड्का
सन्धिखर्क अर्घाखाँची
हाल : सम्युत्त अरब एमिरेट्स यूएई सारजाह
गजल :
तिमि बिना खै कसरी?
तिमिलाई छाडी खाडि आए खै कसरी बाँचु म,
यत्र तत्र हजार छन तिमि बिना खै कसरी नाँचु म ।
कोही आफन्तहरु देख्दैन यो दर्ुबईको शहरमा,
दुःख पोख्ने कोही नपाएपछि खै कसरी हाँसु म ।
हरेक फोन अनि पत्रमा यर्थाथता झल्काएको छु
मनको रानी तिमिलाई मानेपछि खै कसरी ढाँटु म ।
तिमि रानी बनमा खेल्दै म क्रिक पार्कमा डुल्दै
सम्हाल्न नसकेका आँशुहरु खै कसरी साँचु म ।