रुसको राजधानी मस्कोमा संसदीय चुनावमा धाँधली भएको भन्दै फेरि विशाल प्रदर्शन भएको छ । शुन्य डिग्रीभन्दा पनि कम तापक्रममा हजारौं प्रदर्शनकारीले आगामी वर्ष हुने राष्ट्रपतिय निर्वाचनमा वर्तमान प्रधानमन्त्री भ्लादिमिर पुटिनलाई एक मत पनि नदिने प्रण गरेका छन् ।
प्रधानमन्त्री पुटिनका प्रवक्ताले भने सरकार विरोधी प्रदर्शनका बाबजुत बहुमत पुटिनको पक्षमा रहेको दाबी गर्दै मस्कोमा यस्तो प्रदर्शन सामान्य भएको बताएका छन् । गत डिसेम्बर ४ को सम्पन्न चुनावमा धाँधली गर्दै पुटिनको युनाइटेड रसिया पार्टीले जितेकोले पून चुनाव गराउनु पर्ने प्रदर्शनकारीको माग छ ।
उनीहरुले चुनावमा धांधली रोक्न मस्को भोटर्स एसोसियशन बनाउन समेत माग गरेका छन् । रुसमा चुनावी नतिजा विरुद्ध सबै विपक्षी दल एकजुट भएको बताइएको छ । तर सरकारले भने आरोप अस्वीकार गर्दै आएको छ । सरकारले २८ हजारको संख्यामा मात्र प्रदर्शनकारी सडकमा उत्रिएको जनाए पनि विपक्षी समूहले भने यो संख्या करिब १ लाख २० हजार रहेको दाबी गरेका छन् । गत हप्ता रुसी राष्ट्रपति दिमित्रि मेदभेदेभले राजनीतिक सुधारको घोषणा गरेपनि विपक्षीहरुले भने यसलाई अपुरो भनेका छन् ।
यता विरोध प्रदर्शनका बाबजुत पनि पुटिनले आगामी मार्चमा हुने राष्ट्रपतिय चुनावमा जीत्ने प्रबल सम्भावना रहेको छ ।