जेरियामा भएको सेना र चरमपन्थी संगठनबीचको संघर्षमा ७० भन्दा बढीको मृत्यु

नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा सेना र संदिग्घ बन्दुकधारी इस्लामिक चरमपन्थी संगठनबीचको संघर्षमा ७० भन्दा बढी मानिस मारिएका छन् ।

 

नाइजेरियाका सेना प्रमुख लेप्टिनेन्ट जनरल अजुबइक इहेजिरिकाले दमातुरु शहरमा भएको संघर्षमा आफ्ना तर्फ चार सेना र ठूलो संख्यामा बोको हराम चरमपन्थी लडाकु मारिएको दाबी गर्नुभयो । स्थानिय भाषामा बोको हरामको अर्थ पश्चिमी शिक्षा निषेध रहेको छ । यो संगठनले सुरक्षाकर्मी र सरकारी संस्थाहरुलाई आक्रमणको निशाना बनाउदै आएको छ ।

 

सन् २००९ मा मोगादिशुको एक प्रहरी चौकीमा आक्रमण गरेपछि बोको हराम चर्चामा आएको थियो । यो संगठनले नाइजेरियालाई मुश्लिम राष्ट्र बनाउनु पर्ने माग गर्दै आएको छ ।